ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भिस्याट फोनका उपकरण प्रयोगविहीन

Oct 22, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पूर्वका ग्रामीण भेगमा जडान गरिएका लाखौं मूल्यका भिस्याट टेलिफोन उपकरण वर्षौंदेखि प्रयोगविहीन बनेका छन् । तार टेलिफोन, सीडीएमए सेट र हातहातमा मोबाइलको पहुँच बढेपछि भिस्याट प्रविधिका उपकरण अलपत्र परेका हुन् । ती उपकरण खिया लागेर नष्ट हुन थालेका स्थानीयवासीले बताएका छन् । 

२०५६ मा दूरसञ्चार कार्यक्रम अन्तर्गत सरकारले ग्रामीण भेगमा ताररहित टेलिफोन सेवा पु¥याउने नीतिअनुरूप प्रत्येक गाविसमा भिस्याट उपकरण जडान गरेको थियो । पहाडी एवं हिमाली जिल्लाका उपभोक्तालाई सञ्चार सुविधा पुर्‍याउने उद्देश्यले जडित उक्त प्रविधि पछिल्ला वर्ष काममा आएका छैनन् । लाखौं मूल्यका ती उपकरणलाई अलपत्र छाड्न नहुने स्थानीयको भनाइ छ । 

आजभोलि सीडीएमए सेट र मोबाइल प्रयोगले भिस्याट प्रविधि धरापमा परेको पुथाउत्तरगंगा गाउँपालिका–१२, क्युवाङ रुकुमका स्थानीयवासी जितमान पुनले बताए । यो प्रविधिले आकाशमा करीब ३६ हजार किलोमिटर १ सय २० डिग्रीको अन्तरमा ३ ओटा भूउपग्रह राखेर विश्वमा सञ्चार सेवा दिइरहेको थियो । हाल नेपाल टेलिकमले चिनियाँ भू–उपग्रह भाडामा प्रयोग गरी भिस्याट सञ्चालन गरेको बताएको छ । 

टेलिफोन, इन्टरनेट, फ्याक्स, टेलिफोन एक्सचेञ्ज सञ्चालनका लागि ट्रान्समिसन लिंक सेवा पाऊन् भन्ने उद्देश्यसाथ भिस्याट प्रविधिलाई ग्रामीण भेगमा विस्तार गरिएको नेपाल टेलिकम रुकुम शाखाका प्रमुख कृष्णप्रसाद शर्माले बताए । 

उनले भने, ‘जिल्लाका १३ स्थानमा जडित भिस्याट टेलिफोन सेवा अहिले बन्द छन् ।’ जडान गरिएका भिस्याट टेलीफोन पूर्वी रुकुमको भुमे, सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकामा अलपत्र छन् । रुकुममा २०६० सालमा भिस्याट टेलिफोन जडान गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)