ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जाजरकोट–डोल्पा सडकको ३५ किमी कालोपत्र हुँदै 

Oct 24, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल


रुकुम पश्चिम । जाजरकोट–डोल्पा सडक अन्तर्गतको ३५ किलोमिटर खण्ड कालोपत्र हुने भएको छ । जाजरकोटको पासागारदेखि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको चिसापानी हुँदै राडीसम्म कालोपत्र गर्न लागिएको सडक डिभिजन कार्यालय चौरजहारीले जानकारी दिएको छ ।

कालोपत्र हुनेमध्ये २८ किमीमा संघीय सरकार र ७ किमीमा प्रदेश सरकारले बजेट दिने कार्यालयका प्रमुख नरेन्द्र भट्टले बताए । उनका अनुसार कालोपत्रका लागि विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन सकिएको छ । बहुठेक्का प्रणालीको लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा फाइल अगाडि बढेको उनले जानकारी दिए । चालू आवदेखि नै टेन्डर भई सडकको काम शुरू हुने उनको भनाइ छ । 

दुई खण्डमा विभाजन गरी हुने कालोपत्रमा पहिलो खण्डको २८ किमीका लागि रू. १ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । दोस्रो खण्डका लागि भने रू. २१ करोड लाग्ने इस्टिमेट गरिएको कार्यालयले जानकारी दिएको छ, जसका लागि प्रदेशले चालू आवमा ८ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । 

आठबीसकोट नगरपालिकाकी उपप्रमुख गीता नेपालीले धेरै प्रयास र पहलपछि चिसापानी–राडी सडक कालोपत्र हुने पक्का भएको बताइन् । उनका अनुसार आठबीसकोट र जाजरकोटको नगलगाड नगरपालिकामा कालोपत्रको काम हुनेछ । सडक कालोपत्रका लागि आवश्यक कागजात तथा सिफारिश नगरपालिकाले दिइसकेको उनको भनाइ छ । जाजरकोट–डोल्पा सडकको ट्र्याक खुलेको लामो समयपछि कालोपत्र हुने भएको हो । सडक स्तरोन्नति नहुँदा हिउँदमा गाडी सञ्चालन भए पनि वर्षात्को समयमा सञ्चालनमा कठिनाइ हुने गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)