ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुममा राडीपाखीको कारोबार बढ्यो 

Oct 31, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

 
रुकुम । रुकुममा जाडो बढेसँगै राडीपाखीको व्यापार बढेको छ । स्थानीय कच्चापदार्थ भेडाको ऊन, अल्लो, केतुके, केरा लगायतका रेसाबाट निकालिने धागोबाट बुनिने राडीपाखी, स्वेटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल र टोपी लगायतका वस्तुहरूको कारोबार बढेको हो । 

असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोबार बढ्ने स्थानीय व्यापारीहरूले बताएका छन् । एउटा राडीपाखीको मूल्य १ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म पर्ने गरेको छ । 

राडीपाखीहरू न्यानो हुने भएकाले जाडोको समयमा यसको अत्यधिक व्यापार हुने पुथा उत्तरगंगा गाउँपालिका–५ कि व्यापारी सूर्यकुमारी पुनले जानकारी दिइन् । उनले भनिन्, ‘महीनामा झण्डै डेढ लाख रुपैयाँ बराबरको विक्री हुने गर्दछ ।’ 
 
पूर्वी रुकुमको तकसेरा, कोल राङ्सी, सिस्ने, हुकाम, मैकोट, जाङ, काक्रीलगायत स्थानका स्थानीय महिलाहरूले  राडीपाखीको उत्पादन र विक्रीबाट राम्रो आम्दानी गर्ने गरेका छन् । भुमे गाउँपालिका–८, रुकुमकी भोगीलाख विकले प्रत्येक वर्ष राडीपाखी विक्रीबाट साढे दुई लाखभन्दा बढी आम्दानी गर्ने गरेको बताइन् । 

उनका अनुसार रुकुममा उत्पादित राडीपाखी बलियो र गुणस्तरीय हुने भएकोले जिल्लाका व्यापारिक क्षेत्रका साथै  देशका विभिन्न शहर पोखरा, काठमाडौं, नेपालगञ्ज र सुर्खेत लगायतको क्षेत्रमा माग बढ्दो रहेको छ । कम लगानी र परिश्रमबाट स्थानीय कच्चा पदार्थको प्रयोग गरेर राम्रो कमाइ हुने भएपछि पूर्वी रुकुमका घरैपिच्छे राडीपाखी उत्पादन हुने गरेको घरेलु तथा साना उद्योग विकास समितिका निमित्त उद्योग अधिकृत गोविन्द ददेलले जानकारी दिए । उनले भने, ‘पूर्वी रुकुमका एक दर्जन गाविसमा झण्डै ५ हजारभन्दा बढी महिलाले राडीपाखीको व्यवसाय गरिरहेका छन् ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)