ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान नपसाउँदा किसान चिन्तित

Nov 1, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar भक्तबहादुर शाही

नेपालगञ्ज । धेरै धान उत्पादन गर्ने आशाले बर्दिया राजापुर–१०, पहाडीपुरका कृषक शालिकराम सिग्देलले यस वर्ष गरिमा जातको धान रोपे । तर, धान रोपेको १५० दिन पुगिसक्दा पनि नपसाएपछि उनी चिन्तित छन् । जेठ २ मा ब्याड राखी सिग्देलले असार ७ मा डेढ बिघा खेतमा गरिमा जातको बीउ रोपेका थिए । 

उनी मात्र होइन, गरिमा धान रोपेका बाँके र बर्दियाका सबै किसानको समस्या पनि यस्तै छ । धेरै र चाँडै फल्ने आशामा यहाँका किसानले गरिमा जातको धान रोपेका थिए । तर, बाला झुल्ने बेलामा धान नै नपसाएपछि यहाँका किसानलाई ठूलो क्षति भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ राजापुर, बर्दियाको धान सुपरजोनका प्रमुख तपेन्द्रबहादुर शाहले बर्दियाको राजपुरमा १५० हेक्टर जमीनमा लगाइएको गरिमा धान नपसाएको प्रारम्भिक तथ्यांक संकलन भएको र यो तथ्यांक अझ बढ्न सक्ने जानकारी दिए । त्यसैगरी  कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले गरिमा धानको खोलमा अरू नै जातको धानको बीउ हालेर किसानलाई बीउ बेच्ने कम्पनीले ठगेको हुनसक्ने आशंका व्यक्त गरे । बाँकेमा ५ सय हेक्टर र बर्दियामा २०१ हेक्टरमा गरिमा धान खेती गरिएको प्रारम्भिक तथ्यांक रहेको छ । 

प्रदेश नम्बर ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सम्बन्धित कम्पनीले किसानलाई क्षतिपूर्ति दिनुपर्ने बताएकी छिन् । गरिमा धान नपसाएको जनगुनासो व्यापक आएपछि विज्ञसहितको टोली लिएर बाँके र बर्दियाका पीडित किसानकै खेतमा पुगेकी मन्त्री पौडेलले एक हप्तभित्र किसानको अभिलेख तयार गरी क्षतिपूर्तिको लागि पहल गर्ने आश्वासन दिइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)