ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुममा तामाखानीको भएन उत्खनन 

Nov 7, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल


रुकुम । पूर्वी रुकुमका गाउँ–गाउँमा रहेको तामाखानीको उत्खनन हुन सकेको छैन । सरकारले तामाखानी उत्खननमा ध्यान नदिँदा जिल्लाको भुमे गाउँपालिकास्थित सेरावाङ, मोरावाङ र झुम्लावाङमा रहेका तामाखानी खेर गइरहेको छ ।

सरकारले तामा उत्खननमा ध्यान नदिएको भुमे गाउँपालिका–५ सेरावाङका चक्रबहादुर बुढाले बताए । उनले भने, ‘तामाखानी उत्खनन नहुँदा अर्बौंको तामा जमीनमुनि रहेको छ ।’ पछिल्लो समय पहिरो र बाढीका कारण पूर्वी रुकुमका तामाखानी र फलामखानी संकटमा परेका छन् । भुमे गाउँपालिका–५ सेरावाङमा रहेको तामा खानीबाट २०२८ सालदेखि २०५२ सालसम्म भारतीय टाटा कम्पनीले उत्खनन गरेको थियो । देशमा चलेको सशस्त्र द्वन्द्वका कारण कम्पनीले उत्खनन गर्न बन्द गरेको थियो । 

२०६६ सालमा चिनियाँ टोलीले तामाखानीको सम्भाव्यता अध्ययन गरे पनि उत्खनन गर्न अहिलेसम्म काम शुरू गरेको छैन । पूर्वी रुकुमको सेरावाङ र मोरावाङ स्थित झुम्लावाङमा तामा, फलाम र सिसा खानी रहेका छन् । स्थानीय सरकारले समेत खानी संरक्षण र संवद्र्धनमा कुनै चासो देखाएको छैन । भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले नीति नियम बनाएर खानी उत्खननमा पहल गर्ने बताए । उनले भने, ‘भुमे गाउँपालिकाका धेरै गाउँहरुमा तामा खानी, फलाम खानी र सिसा खानीका साथै ढुंगे खानी छन् । तिनीहरूको उत्खननमा पहल गर्दै छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)