ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्जा लिन मात्र उद्योग दर्ता !

Nov 11, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा बैंकबाट कर्जा लिनका लागि मात्र उद्योग दर्ता गराउनेको संख्या धेरै रहेको कार्यालयले तथ्यांकले देखाएको छ । उद्योगको नाममा कर्जा लिनका लागि कार्यालयको उद्योग दर्ताको प्रमाणपत्र आवश्यक पर्ने भएकाले कर्जा लिनकै लागि पनि उद्योग दर्ता गरेको पाइएको हो ।

कार्यालयका अनुसार कुल दर्ता उद्योगमध्ये २५ प्रतिशत बैंकबाट कर्जा लिनका लागि मात्रै दर्ता भएका छन् । ‘कतिपय उद्योगहरू यहाँ दर्ता छन्, तर फिल्डमा जाँदा छैनन्’, कार्यालयका उद्योग अधिकृत वामदेव शर्माले भने । पछिल्लो चरणमा सरकारले कृषिमा अनुदान दिने र कृषिका लागि बैंक कर्जा लिन सहज भएकाले कृषि सम्बन्धी उद्योगमा यस्तो समस्या देखिएको छ । 

जिल्लामा उद्योग दर्ताको संख्या वृद्धि भए पनि यस्तो विकृतिले जिल्लाको उद्योग क्षेत्र नै धराशायी हुने शर्माले बताए । ‘उद्योग दर्ता हुनु राम्रो हो तर उद्योग छ÷छैन, प्रगति कसरी गरिरहेको छ भन्ने कुरा झन् महŒवपूर्ण विषय हो,’ उनले भने, ‘ऋणको लागि मात्रै उद्योग दर्ता गर्दा ऋण लिनलाई त सहज होला तर यस्तो विकृतिले उद्योग क्षेत्रमा फाइदा पुग्दैन ।’

गएको आर्थिक वर्षमा मात्रे दाङमा १ हजार ७२ नयाँ उद्योग दर्ता भएका छन् । सबैभन्दा बढी ५३५ ओटा कृषि तथा वनजन्य उद्योग छन् । त्यस्तै सेवामुलकमा २२९, उत्पादन मूलकमा १८८, पर्यटनमा ११९ र खनिजमा एउटा उद्योग दर्ता भएको शर्माले बताए । कृषि तथा वनजन्य उद्योगमा ६४ करोड ७१ लाख र पर्यटन उद्योगमा १० करोड ११ लाख रुपैयाँ लगानी थपिएको छ । त्यस्तै उत्पादनमुलकमा ३९ करोड ९० लाख, सेवामुलकमा २० करोड ३१ लाख र खनिजमा ९ करोड रुपैयाँ लगानी भएको छ । त्यस्तै पर्यटन उद्योगमा १२ करोड १२ लाख र खनिजमा ९९ लाख रुपैयाँ लगानी भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)