झिमरुक गाउँपालिका प्यूठानको उत्तरी क्षेत्रमा पर्छ । हालसम्म योे गाउँपालिकाभित्र कालोपत्र सडक निर्माण भएको छैन । यद्यपि बाग्दुला–भिमगिठे सडक र मदन भण्डारी मार्गको निर्माण भएमा गाउँपालिकामा सडक यातायातको पहुँच बढ्ने देखिएको छ । महाभारत पर्वत शृंखलामा पर्ने यो गाउँपालिकामा विभिन्न फलपूmल खेतीको सम्भावना भए पनि अहिलेसम्म त्यसको व्यावसायिक प्रवद्र्धन हुन सकेको छैन । वैदेशिक रोजगारीबाट आएको विप्रेषण र निर्वाहमुखी कृषि तथा पशुपालनबाट यहाँका बासिन्दाको दैनिक निर्वाह भइरहेको देखिन्छ । गाउँपालिकाको शिक्षा, स्वास्थ्य जस्ता सामाजिक विकासदेखि कृषि र पशुपालनको व्यावसायिक विकास यथोचित हुन सकिरहेको छैन । यो परिस्थितिमा गाउँपालिकाको समग्र विकास अघि बढाइएको अध्यक्ष तिलक जीसी बताउँछन् । प्रस्तुत छ, गाउँपालिकाको विकास निर्माणको अवस्था, आगामी योजना, समस्या, चुनौती लगायत विषयमा आर्थिक अभियानका प्यूठान संवाददाता राजेसी जीसीले उनीसँग गरेको कुराकानीको सार :
स्थानीय तहमा निर्वाचित भएर आएपछि तपाईंहरूले के कस्ता काम गर्नुभयो ?
जनप्रतिनिधि भएर आएपछि हामीले जनचाहना अनुसारका धेरै काम गरेका छौं । जनप्रतिनिधि विहीन हुँदा गाउँका जनताले विकासको महसूस गर्न पाएका थिएनन् । अहिले गाउँ–गाउँमा सडक पुर्याएका छौं । सिँचाइ कुलो नभएका ठाउँमा सो सुविधा पुगेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विभिन्न क्षेत्रमा जनताले प्रत्यक्ष अनुभव गर्नेगरी काम अगाडि बढाएका छौं ।
गाउँपालिकाले सञ्चालन गरेका ठूला योजना के के छन् ? तिनको कार्य प्रगति कस्तो छ ?
गाउँपालिकाले सञ्चालन गरेका ठूला योजनामा झिमरुक चक्रपथ, तत्कालीन बाईसे–चौबीसे राज्य अन्तर्गत रहेको ओखरकोट दरबार पुग्ने सिँढी, खेलकुद मैदान र ‘रक गार्डेन’ हुन् । गाउँपालिकाको सबैभन्दा ठूलो योजना हो रक गार्डेन । यसको निर्माणमा २२ करोड रुपैयाँ लाग्ने अनुमान गरेका छौं । डीपीआर तयार गरेर अगाडि बढाएका छौं । झिमरुक चक्रपथ निर्माण अन्तिम चरणमा पुगेको छ । केही योजना शुरुआती चरणमा छन् भने अन्य योजना सम्पन्न हुने क्रममा छन् ।
गाउँपालिकाको शिक्षाक्षेत्रमा के कस्ता समस्या रहेछन् ?
भौतिक पूर्वाधारको अभाव, आर्थिक समस्या, शिक्षकको पर्याप्त दरबन्दी नभएको लगायत समस्या अध्ययन प्रतिवेदनले देखाएको छ । निजी स्रोतका शिक्षकलाई १२ सयदेखि १५ सय रुपैयाँ तलब दिएर पढाउन लगाएको पाइयो । विद्यालयले विद्यार्थीका अभिभावकबाट शुल्क उठाएर निजी स्रोतका शिक्षकलाई तलब खुवाउनुपर्ने अवस्था थियो । यसले गरीब तथा विपन्न परिवारका बालबालिका विद्यालय क्षेत्रभन्दा बाहिर रहने अवस्था देख्यौं । यसपछि पहिलो वर्ष नै हामीले शिक्षामा १ करोड २० लाख रुपैयाँ छुट्ट्यायौं । अहिले १ करोड ४५ लाख विनियोजन गरेका छौं । हामीले कम दरबन्दी रहेका मावि, निमावि र प्राविमा ६० शिक्षक दरबन्दी थपेका छौं ।
कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन कस्ता कार्यक्रम ल्याउनु भएको छ ?
गाउँमा जागरुक युवा नभएकाले सामूहिक रूपमा ठूलै फार्म खोल्न हामीहरू असफल भएका छौं । अहिले गाउँमा कृषक समूह गठन, व्यावसायिक रूपमा बाख्रापालन लगायत काममा प्रोत्साहन गरेका छौं । सोही अनुसार लक्षित कार्यक्रमको प्रचार प्रसार पनि गरेका छौं । बाख्रापालनका लागि उन्नत जातका बोका अनुदान वितरण, खोर सुधारमा सहयोग र औषधि उपचारका लागि रकम अनुदान गरेका छौं । पशुपालनमा अहिले केही समूहहरू अगाडि बढेका छन् । तर हामीले सोचेको चाहिँ ठूलो क्षेत्रमा एकीकृत रूपमा पशुपालन गरियोस् भन्ने हो । यसका लागि स्थानीयहरूसँग छलफल पनि ग¥यौं । तर काम गर्ने मान्छे नै पाइएन । १८ वर्ष पुगेपछि युवाहरू पासपोर्ट बनाउन थाल्छन् । गाउँमा कि पढ्न लागेका भर्खरका विद्यार्थी छन् कि बुढापाका । कुनै पनि गाउँमा अहिले युवाहरू भेटिँदैनन् । त्यसैले हामीले सोचे अनुसार काम अगाडि बढाउन सकेनौं । ५० लाख लगानी गरेर भाडामा जग्गा लिने र ज्यालादार मान्छे राखेरै भए पनि गाउँपालिकाका कृषि प्राविधिकको निगरानीमा तालीम केन्द्रको रूपमा कृषि फार्म खोल्ने सोचेका छौं । त्यसका लागि हामीसँग लगानीको अभाव भयो । आगामी वर्ष उक्त अवधारणा अनुसार काम गर्ने योजना बनाएका छौं । यसरी काम अगाडि बढायौं भने कृषक आकर्षित होलान्, समूह वा सहकारी बनाएर व्यवसाय बढाउलान् भन्ने अपेक्षा गरेका राखेका छौं ।
अन्य गाउँपालिकामा कृषि तथा पशुपालन सम्बन्धी काम गर्ने प्राविधिक पर्याप्त छैनन् भन्ने गुनासो आइरहन्छ । तपाईंहरूको अवस्था कस्तो छ ?
हामीसँग कृषि प्राविधिकहरू छन् । समस्या परेको ठाउँमा खटाएका छौं । उहाँहरू गएर सेवा दिइरहनु भएको छ । खोजेकै समयमा त सम्भव नहुन सक्छ, तर ढिलो–चाँडो प्राविधिकहरू समस्या परेको ठाउँमा पुग्नु भएको छ । यसकारण खासै समस्या छैन ।
सडक निर्माणमा मेशिनरीको जथाभावी प्रयोगले विपद्को जोखिम पनि बढाएको छ । विकास निर्माणमा मेशिनको प्रयोगबारे गाउ“पालिकाको कस्तो नीति छ ?
सडक निर्माणका क्रममा वनजंगलमा खासै क्षति पुगेको छैन । अधिकांश बाटो मानिसका निजी जग्गाबाटै बनेका छन् । सार्वजनिक जग्गाबाट एकदम कम छ । हामीले एउटा नीति त बनाएका छौं । तर सोही अनुसार जाने हो बाटो नै नबन्ने, केही गर्न पनि नसकिने समस्या देखियो । त्यसकारण जे जसरी हुन्छ, पहिले बाटो बनाऊँ, त्यसपछि बिरुवा रोप्ने, हरियाली बनाउने काम गरौंला भनेका छौं । हामीले उपभोक्तालाई बाटोको डिलमा बिरुवा रोप्न लगाइरहेका छौं ।
गाउँपालिकाले फोहोर व्यवस्थापन कसरी गरिरहेको छ ?
हामीले यहाँको फोहोरमैला व्यवस्थापनका लागि ‘डम्पिङ साइट’ बनाएका छौं । तर केही समय अघिदेखि त्यहाँ फोहोर फाल्न रोकिएको छ । त्यहाँ पुग्ने बाटो भत्किएकाले टेन्डर प्रक्रिया अगाडि बढाएर अर्को महीनादेखि फेरि शुरू गर्छौं । गतवर्ष हप्ताको एक दिन फोहोर उठाउने गरेका थियौ । तर जथाभावी पँ्mयाकिएका फोहोर संकलन बढेपछि अहिले हप्ताको २ दिन उठाउने काम गरेका छौं ।
पर्यटन क्षेत्रको विकासका लागि के गर्दै हुनुहुन्छ ?
ओखरकोट पुरातात्त्विक महत्त्वको स्थल हो । उक्त कोटको पर्यटन प्रवद्र्धनका लागि त्यहाँसम्म पुग्ने सिँढी बनाउँदै छौं । खेलकुद मार्पmत आन्तरिक पर्यटन गतिविधि बढाउन खेल मैदान बनाइरहेका छौं । हामीसँग जग्गा उपलब्ध नभएकाले पार्कहरू बनाउन सकेका छैनौं । सामुदायिक होमस्टेको भवन बन्दै छ । गाउँपालिकाको ढाडमा रक गार्डेन निर्माणका लागि २० लाख खर्च गरेर गुरुयोजना बनाएका छौं । त्यसको लागत २२ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । निर्माण अघि बढाउन बजेट माग गर्न लागेका छौं । केन्द्र सरकारले ५० लाख रुपैयाँ दिएको छ । गतवर्ष २५ लाख रुपैयाँ आएको थियो । डीपीआर निर्माणमा ढिलाइ भएकाले त्यो सबै पैसा खर्च गर्न सकिएन । १० लाख मात्र खर्च गरियो । त्यहाँ पुग्न ढुंगा बिछ्याएर सिँढीसहितको स्तरीय गोरेटो बाटो बनाएका छौं । अब डीपीआरको आधारमा त्यसको निर्माण अघि बढाउँछौं । दियाल्नाचौरमा खेल मैदान निर्माण भइरहेको छ । भ्यू टावर बनाउने योजना पनि छ । धार्मिक पर्यटनका लागि तुषाराकोटमा मन्दिर बनाएका छौं । यसरी पर्यटनका पूर्वाधार तयार गर्दै छौं ।
मछि देेेखि अेाखरकाेट,बादिकाेट हुँदै गुल्मि जेाडने सडक काे डिपिअार तयार भए पछि पनि कतैै देखि कसैैकेेा पहुच नपुगि अलपत्रमा रहेेकाेे देखिएकाे छ जेा क्षेत्र लाई प्रयटेक क्षेत्रमा घाेसित पनि भैइ सकेकाे छ हेर्नुहाेस अब यसकाे गतिले के रुप लिन्छ आगामि बर्ष
झिमरुक गाउंपालिका प्रमुख भन्नु हुन्छ खानेपानी लगायत विभिन्न क्षेत्रमा जनताले प्रत्यक्ष अनुभव गर्नेगरी काम अगाडि बढाएका छौं तर हाम्रो झिमरुक गाउंपालिका वाड़ा नं ६ मर्काबाङ मा भने अहिले सम्म खानेपानी को समस्याको समाधान नभएको स्थानिय वासी भनाई छ आखिर यो हाम्रो गाउं मा खानेपानी को समस्याका समाधान कहिले हुन्छ।