ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखामा ठेकेदारविरुद्ध मानव साङ्लो प्रदर्शन

Nov 20, 2019  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । थपिएको अवधि बितिसक्दा पनि सडक निर्माणमा चासो नदेखाएपछि दोलखाका सर्वसाधारणले ठेकेदारविरुद्ध मानव साङ्लो प्रदर्शन गरेका छन् । ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाले लामोसाँघु–चरीकोट सडक अन्तर्गत मुढे–चरीकोट ३० किलोमिटर खण्डको स्तरोन्नतिको काम शुरू नगरेको भन्दै स्थानीय बासिन्दाले मंगलवार चरीकोटको सातदोबाटो चोकमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन् । यसअघि काम अघि बढाउन नैतिक दबाब दिने उद्देश्यले उनीहरूले सार्वजनिक सवारी साधनमा कम्पनीका सञ्चालक दीपक सापकोटाको तस्वीर टाँस्ने अभियान चलाएका थिए ।

सडक निर्माण निर्माणमा ढिलाइ गर्ने ठेकेदारविरुद्ध मुखमा कालो मास्क लगाएर करीब ५ सय दोलखावासीले विरोध प्रदर्शन गरेको नागरिक अगुवा रमेश खतिवडाले बताए । ‘काम नगर्ने ठेकेदारलाई सबैले चिनून् र नैतिक दबाबमा परेर कम्पनीले सडक निर्माण अघि बढाओस् भन्ने उद्देश्यले नागरिक स्तरबाट विरोधका कार्यक्रम गरेका हौं,’ उनले भने ।

ठेकेदारले अब पनि काम नगरे विरोधका थप कार्यक्रम सशक्त पारिने नेपाल बार एशोशिएशन, दोलाखाका पूर्वअध्यक्ष कृष्ण बस्नेतले बताए । यसैगरी नागरिक अगुवा दीपशंकर चौलागाईंले सडक निर्माणमा ठेकेदार मात्र होइन, सरकारी संयन्त्र निष्क्रिय नबस्न चेतावनी दिए ।

ठेकेदार सापकोटाले मुडे–चरीकोट सडकको ३० किलोमिटर  दुई लेनको कालोपत्र सहित २ वर्षमा सक्नेगरी २०७२ भदौमा सम्झौता गरेका थिए । सम्झौता अवधि सकिएर थपिएको म्याद नाघेको समेत डेढ वर्ष बितिसकेको छ । उक्त सडकको समग्र कार्यप्रगति ६० प्रतिशत मात्र भएको बताइएको छ ।

यसअघि थपेको म्यादमा सडक निर्माणले गति नलिएपछि सडक डिभिजन कार्यालय, चरीकोटले ठेकेदार सकिल हेदर–शंकरमाली–सुनौला खिम्ती जेभीलाई दैनिक करीब ४ लाख रुपैयाँको दरले हर्जना तोकेको थियो । भारतीय एक्जिम बैंकको करीब १ अर्ब २४ करोड रुपैयाँ ऋण सहयोगमा सिन्धुपाल्चोकको खाडीचौरदेखि चरीकोटसम्म ५५ किलोमिटर सडक ढल तथा नालाको व्यवस्थापन सहित कालोपत्र गर्ने योजना छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)