ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङमा ५५% उद्योग दर्ताविना सञ्चालन

Nov 21, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङका सञ्चालित उद्योगमध्ये करीब ५५ प्रतिशत दर्ता नै नभएको पाइएको छ । राष्ट्रिय आर्थिक गणना २०७५ का अनुसार जिल्लामा १४ हजार ४५१ ओटा प्रतिष्ठान (आर्थिक–व्यावसायिक कारोबार गर्ने संस्था) छन् । यसमध्ये ७ हजार ९०३ ओटा मात्र दर्ता भएर सञ्चालनमा रहेको तथ्यांक कार्यालय, दाङले बताएको छ ।

‘आर्थिक गणनामा विभिन्न २० ओटा सूचकलाई आधार मानिएको थियो,’ पोख्रेलले भने, ‘यसबाट गरिएको अध्ययनबाट जिल्लामा आधाभन्दा बढी उद्योग दर्ताविना नै सञ्चालन भएको देखिएको छ ।’ तथ्यांक विभागले नेपालमै पहिलो पटक २०७५ वैशाख १ गतेदेखि जेठ ३० गतेसम्म राष्ट्रिय आर्थिक गणना गरेको थियो, जसअनुसार दाङमा कृषिका २५६, खनिजका २३, उद्योग १६४३ र व्यापारतर्फ ८६३९ प्रतिष्ठान सञ्चालनमा छन् । जिल्लामा सञ्चालित प्रतिष्ठानमध्ये सबैभन्दा बढी ५९ दशमलव ९ प्रतिशत व्यापारसम्बन्धी छन् । व्यापारतर्फका ८६३९ प्रतिष्ठानमा १७ हजार ८२९ जनाले रोजगारी पाएको पनि तथ्यांक कार्यालयले बताएको छ । त्यस्तै होटलतर्फ १८५२, शिक्षातर्फ ५६२ र स्वास्थ्यतर्फ २६६ प्रतिष्ठान छन् । देशको आर्थिक अवस्था मूल्यांकन गर्न र सो अनुसार नीति तथा कार्यक्रम बनाउन सहज हुने भएकाले आर्थिक गणना गरिएको अधिकृत पोख्रेलले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)