ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँकेमा भ्रमण वर्ष २०२० : नारामै सिमित

Nov 21, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
१०० गन्तव्य स्थान मध्ये सुचीकृत बाँकेको बागेश्वरी मन्दिर
author avatar भक्तबहादुर शाही

 मंसिर  ५, नेपालगञ्ज । बजेट प्रयाप्त नहुँदा बाँके जिल्लामा भ्रमण वर्ष नरामै सीमित बनेको छ । सन् २०२०लाई भ्रमण वर्ष मनाउन अन्य जिल्लाका सरोकारवालाले नयाँ ठाउँको खोजी गर्न विविध कार्यक्रम गरेता पनि यहाँ भ्रमण वर्ष सफल बनाउन सरोकारवालाले पनि त्यति चासो दिएका छैनन् ।

भ्रमण वर्ष–२०२० शुरु हुन करीब डेढ महीना बाँकी रहँदा भ्रमण वर्ष लक्षित गतिविधि भने बजेटकै अभावमा शुरु हुन नसकेको सरोकारवालाले बताएका छन्  । स्थानीय तहले औपचारिक कार्यक्रम र चिठ्ठी पत्रमा भ्रमण वर्ष सन् २०२० को लोगो राख्ने बाहेकका अन्य काम नगरेको सरोकारवालाहरुको भनाइ छ ।

यहाँस्थित होटल व्यावसायी, टूर एण्ड ट्राभल्स, उद्योगी व्यापारि, स्थानीय तह, पत्रकारसँग प्रचुरमात्रा छलफल  समेत हुन सकेको छैन । अझ बाँके जिल्लामा कति स्थानको कुन कुन क्षेत्रलाई पर्यटक स्थल भन्ने र नयाँ खोजीसमेत भएको छैन । भएका पर्यटक स्थलहरुमा प्रयाप्तमात्रामा भौतिक संरचना निर्माण तथा मर्मत हुन सकेको छैन ।

भ्रमण वर्षलाई सार्थक तुल्याउन बृहत् गृहकार्य सहितको योजना आवश्यक भएपनि अहिलेसम्म कुनै तयारी नभएको भ्रमण वर्ष २०२० का प्रदेश समिति सदस्य भाष्कर काफ्ले बताए । 

उनले  भने, ‘भ्रमण वर्षको नारा नारामै सीमित छ,पर्यटकीय गन्तव्यको भौतिक विकास र प्रवर्द्धनका लागि बजेट नहुँदा प्रचारप्रसार लगायतका काममा समस्या भएका छ ।’
सरकारले १०० ओटा गन्तव्य सूचीकृत गर्दा बाँकेका चार ओटा समेटिए पनि प्रवर्द्धनका लागि सरकारले बजेट उपलब्ध गराएको छैन ।

बाँकेको नेपालगञ्जस्थित रानीतलाउमा ¥याप्टिङमा रमाउँदै आन्तरिक पर्यटक

गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले सरकारले १०० गन्तव्यको सूचिमा राखे पनि प्रवर्द्धनका लागि बजेट नभएको बताए । ‘गन्तव्य स्थान भनेर के गर्ने ? सरकारले बजेट विनियोजन गरेकै छैन’, उनले भने ।

सरकारले बाँकेको नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, बैजनाथ गाउँपालिका–१ मा रहेको गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्जलाई स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यका रुपमा राखेको छ भने नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा डुडुवा गाउँपालिका–५ को कम्मर शाह बाबा मजारलाई सूचीकृत गरेको छ ।

पर्यटकीय स्थलको प्रवर्द्धन र पूर्वाधारबिना पर्यटक भित्र्याउन सम्भव नहुने बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीको बताए । बजेट अभावकै कारण तयारी नहुँदा बाँकेमा पर्यटनको रौनक बढ्न नसकेको उनको भनाइ छ ।

‘सरकारले पर्यटन वर्षमा २० लाख पर्यटक भित्राउने हो भने उनीहरूलाई लोभ्याउने गन्तव्य तय गरेर त्यसको प्रवर्द्धन हुनुपर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, ‘बाँकेमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्ज लगायत पर्यटकलाई आकर्षण गर्ने स्थलसमेत भएकाले प्रवर्द्धन जरुरी छ ।’
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा भ्रमण वर्षका लागि कार्ययोजना बनाउन गठन गरिएको २१ सदस्यीय जिल्ला समितिको बैठकसमेत हालसम्म बसेको छैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)