ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यवस्थित बन्दै घोराहीको नयाँ बसपार्क

Nov 25, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । घोराहीको सेवारखोलास्थित नयाँ बसपार्क व्यवस्थित बनाइने भएको छ । सघन शहरी विकास कार्यक्रम अन्तर्गत करीब ५ करोड रुपैयाँ लागतमा बसपार्क व्यवस्थित बनाउन लागिएको हो ।

बसपार्कमा अहिले आधुनिक शौचालय, काउन्टर घर, व्यापारिक भवन तथा सुरक्षा घर निर्माण, ७ सय मिटरको आरसीसी ढलान गर्ने र २५० मिटर पर्खाल लगाउने काम भइरहेको छ । सघन शहरी विकास कार्यक्रमको रू. ४ करोड ९० लाख लागतमा बसपार्कलाई व्यवस्थित र आधुनिक बनाउन लागिएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना, घोराहीका इन्जिनीयर टीकाराम पोख्रेलले बताए । ‘विभिन्न भौतिक संरचनाको निर्माण भइरहेको छ,’ उनले भने, ‘काम सम्पन्न भएपछि बसपार्कको मुहार नै फेरिनेछ ।’

यही योजना अन्तर्गत बसपार्कको ‘ग्राउन्ड’ पक्की बन्नेछ । पक्की भएपछि यात्रु तथा यातायात व्यवसायीले धूलोको समस्या खेप्नुपर्ने छैन । समयमै काम सम्पन्न गर्ने लक्ष्यले काम तीव्र पारिएको निर्माण कम्पनीका प्रतिनिधि वसन्त कुँवरले बताए । सम्झौता अनुसार २०७७ मंसिर मसान्तसम्ममा सम्पूर्ण काम सक्नुपर्नेछ । निर्माण शुरू भएको १ वर्षमा करीब आधा काम सम्पन्न भएको बताइएको छ ।

बसपार्कमा व्यवस्थित शौचालय नहुँदा यात्रुहरू मर्कामा पर्दै आएका थिए । यस्तै सुरक्षाकर्मी बस्ने घर नहुँदा अहिले टिकट काउन्टर रहेको घरको छतमा उनीहरू आप्mनो सुरक्षा पोस्ट बनाएर बस्न बाध्य छन् । अहिले बन्न लागेका भौतिक पूर्वाधारले पूर्णता पाए बसपार्क नमूना बन्ने यातायात व्यवसायीको अपेक्षा छ । जिल्लाको सदरमुकाममा रहेको बसपार्क भएकाले यहाँबाट राप्तीका पाँचै जिल्ला, पश्चिममा महेन्द्रनगरदेखि पूर्वमा काकडभिट्टा र काठमाडौंसम्म यातायातका साधन छुट्ने गर्दछन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)