ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लघुवित्तले फेरियो जीवन

Nov 27, 2019  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

 
रौतहट । लघुवित्तमा आबद्ध तराई–मधेशका महिलाहरूको जीवनशैलीमा परिवर्तन आएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १०, परडियाकी रेनुकाकुमारी साहको जीवन लघुवित्तबाट फेरिएको देखेर गाउँघरका मानिस छक्क परेका छन् । 

करीब ४ वर्षअघि कमजोर आर्थिक अवस्थामा रहेको उनको परिवार अहिले सबल छ । वृन्दावन नगरपालिका–६ हर्षाह चौकमा लघुवित्तको ऋणबाट शुरू गरेको मखन मिष्ठान भण्डार नै उनको परिवारको आयआर्जनको स्रोत हो । 

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सन्तपुर शाखाबाट २०७२ भदौमा होटल सञ्चालनका लागि उनले पहिलोपटक रू. ६० हजार ऋण लिएकी थिइन् । होटल सञ्चालनमा आएपछि विस्तारका लागि थप ऋण लिएर होटल व्यवस्थित बनाएपछि राम्रो आम्दानी हुन थालेको उनले बताइन् । अहिले उनको होटलको पूँजी रू. २५ लाख भन्दा बढीको छ र होटलबाट मासिक करीब रू. ७० हजार आम्दानी हुने गरेको छ । उनी श्रीमान् मखन साहको साथ र लघुवित्तको ऋणबाट यो सफलता मिलेको बताउँछिन् । पहिले श्रीमान् विदेशमा हुँदा चर्को ब्याजदरमा ऋण लिएपछि तिर्न समस्या भएको बताउँदै उनले लघुवित्तमा आबद्ध भएपछि आयस्रोत बढ्दै गएको र जीवन सहज भएको बताइन् । अहिले उनी दैनिक रू. २ हजार बचत गर्छिन् ।

होटलको आम्दानीबाट नै ऋण तिर्नुका साथै २५ लाख रुपैयाँबराबरको जमिन र ५ कट्ठा खेत पनि किनिसकेको उनी बताउँछिन् । लघुवित्तबाट अझै ऋण लिएर व्यवसाय विस्तार गर्ने योजना उनको छ । लघुवित्तबाट लिएको ऋणको सदुपयोग गरी असल कारोबार गरेमा आयआर्जनका लागि कुनै समस्या नहुने उनको अनुभव छ । 

नेशनल माइक्रोफाइनान्स, सन्तपुर शाखा प्रबन्धक विष्णु पन्थीले ग्रामीण भेगमा संस्थाले महिलाको आर्यआर्जनका लागि लगानी गरेको बताए । ग्राहकसँग भएको शीप र क्षमताका आधारमा आयमूलक कार्य गर्न संस्थाले विनाधितो ऋण दिने गरेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय संस्थाले सदस्यहरूलाई विभिन्न आयमूलक तथा शीपमूलक तालीम समेत दिने गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)