ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सबै उमेर समूहका मानिसमा लेजर थेरापी गर्न सकिन्छ

Nov 29, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found

लेजर थेरापी फिजियोथेरापी अन्तर्गत पर्ने लाइट थेरापी हो । शरीरका विभिन्न अंगमा हुने दुखाइको उपचारका लागि यो थेरापी उपयोगी हुन्छ । दुर्घटना वा विभिन्न रोगका कारण बिग्रेको कोषिकालाई विकिरणको माध्यमद्वारा पुनर्जीवन दिन यो थेरापी महङ्खवपूर्ण मानिन्छ । शल्यक्रियाविना जटिल समस्याको उपचार सजिलै गर्न सकिने भएकाले लेजर थेरापीको प्रयोग र प्रभावकारिता बढ्दो रहेको डा. सुशीला वैद्य बताउँछिन् । प्रस्तुत छ, लेजर थेरापीका प्रयोग क्षेत्र, उपयोगिता लगायत विषयमा आर्थिक अभियानका काशीराम बजगाईले डा. वैद्यसँग गरेको कुराकानीको सार :

लेजर थेरापी भनेको के हो ?
विकिरणको माध्यमद्वारा शरीरमा हुने विभिन्न प्रकारका रोगको उपचार गर्ने विधि लेजर थेरापी हो । शरीरमा लाग्ने कुनै पनि रोगले सम्बन्धित अंगका कोषिका खराब गर्ने वा निष्क्रिय पार्ने गर्छ । कोषिका खराब भएमा उक्त अंगमा अक्सिजन र लवणको कमी हुने, अंग सुन्निने र रक्त सञ्चालन कम हुने गर्दछ । त्यस्तो अवस्थामा कोषिकालाई पुनर्जीवन दिई दुखाइ कम गर्न लेजर थेरापी गर्नुपर्छ । यस विधिद्धारा करीब ४ सय रोगको उपचार गर्न सकिन्छ ।

लेजर थेरापीले निको पार्न सकिने मुख्य रोगहरू के के हुन् ?
छालासम्बन्धी रोग, हाडजोर्नी, मुटु, फोक्सो, पेट, आन्द्रा, नाक, कान, घाँटी र विभिन्न छालासम्बन्धी रोग यस विधिबाट निको पार्न सकिन्छ । 

लेजर थेरापीले कसरी काम गर्छ ?
लेजर थेरापीले विभिन्न कारणले खराब हुने पुगेको कोषिकालाई सक्रिय पार्दछ । यस थेरापीले कम रक्तसञ्चार भएको भए रक्तनली खोलिदिने, सुन्निएको अंग निको पार्ने आदि काम गर्छ ।

लेजर थेरापीका असर पनि छन् ?
६ सय नानामिटरदेखि ११ सयसम्मको डोजमा लेजर थेरापी गरिन्छ । लेजर विकिरण छालाको बाहिरी माध्यमबाट रोगको लागेको अंगमा पठाएर यसको उपचार हुन्छ । यो थेरापी न्यून विकिरणमा गरिने भएकाले यसका अन्य असर छैनन् । रोग लागेको अंग चलाउने, हल्लाउने, बङ्ग्याउने, काट्ने, थिच्ने, घोच्ने लगायतको काम नगरीकन शरीरको बाहिरी भागबाट विकिरण पठाएर यसको उपचार गरिने भएकाले यो थेरापीले अन्य उपचार विधिभन्दा २०० गुणा छिटो प्रतिफल दिन्छ ।

यो थेरापी कति सफल हुन्छ ?
यो थेरापी शुरू भएको ४० वर्ष भयो । यो अवधिमा यो थेरापीले अन्य कुनै असरविना सबै उपचारमा राम्रो प्रतिफल दिएको छ । त्यसैले यो थेपारी सफल मानिएको छ ।

कुन अवस्थामा लेजर थेरापी गर्नुपर्छ ?
रोगको शुरुआती अवस्थामा यसको थेरापी बढी राम्रो हुन्छ । रोग, दुर्घटना वा अन्य जुनसुकै कारणले शरीरको कुनै पनि अंगमा घाउ हुनु, दुख्नु, सुन्निनु भनेको त्यो अंगमा भएको कोषिका बिग्रिनु हो । उक्त कोषिका पुनः सक्रिय हुन सफा हुनुपर्छ, भाइरस हट्नुपर्छ, घाउ पुरिनुपर्छ, त्यो कोषिकासम्म रक्तसञ्चार भई लवण पुग्नुपर्छ । जति चाँडो थेरापी ग¥यो, उति नै चाँडो कोष पुनः सक्रिय हुन्छ ।  

यो थेरापी कति पटक र कति अन्तरालमा गर्नुपर्छ ?
रोगअनुसार यसको थेरापी फरक फरक हुन्छ । नाक, कान, घाँटीमा हुने समस्या, नाक बन्द भएको, नाकमा मासु पलाएको, घाँटीको टन्सिल भएको, जिब्रो सुन्निएको, गिजा सुन्निएको आदि समस्या समाधानका लागि ५ दिनको थेरापी पनि पर्याप्त हुन्छ । छालामा भएको घाउ लगायतको उपचारका लागि १० दिन र बाथ, घुँडा खिइएको, जोर्नी खिइएको, नशा च्यापिएको, पक्षाघात आदि रोगका लागि सोभन्दा केही दिन बढी यो थेरापी गर्नुपर्ने हुन्छ । पुरानो रोगको उपचारका लागि यो थेरापी गर्न लाग्ने समय तुलनात्मक रूपमा बढी हुन्छ । 

कुन उमेरका व्यक्तिमा यो थेरापी गर्न सकिन्छ ?
यो थेरापी गर्न उमेरको बन्देज छैन । भर्खरै जन्मिएका बच्चादेखि वृद्धसमेतलाई यो थेरापी गर्न सकिन्छ । जन्मिँदै हातगोडा नचल्ने, असामान्य अवस्थामा जन्मिएका बच्चामा पनि यो थेरापी गर्न सकिन्छ । 

कुन अवस्थामा लेजर थेरापी गर्नु हुँदैन ?
आँखा र आँखा नजीकका अंगमा लेजर थेरापी गर्नुहुँदैन । यस्तै गर्भावस्थाका महिलाका साथै रक्तअल्पता र क्यान्सरका बिरामीले पनि यो थेरापी गर्नु हुँदैन ।

नेपालमा लेजर थेरापीको प्रयोग अवस्था कस्तो छ ?
नेपालमा अन्य विकसित देशमा जस्तै आधुनिक लेजर थेरापी मेशिन उपलब्ध छ । देशभर सबै ठाउँमा यो थेरापी सहजै पाउने अवस्था भने छैन । 

यो थेरापी कत्तिको महँगो छ ?
एकपटक थेरापी गरेको शुल्क रू. ६०० छ, जब कि विकसित देशमा यसको शुल्क सय डलरसम्म पर्छ । समग्रमा लेजर थेरापीको उपचार, नतीजा आदि हेर्दा यो निकै सस्तो छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Sanu Kaji Shrestha

[Dec 2, 2019 02:43am]

It looks like laser therapy very effective. I like to consult with the hospital. Thanks for sharing such an important message.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)