ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान बेच्न खाद्यमा किसानको घुईचो, प्रतिक्विन्टल रू.२००ले धानको मूल्य वृद्धि 

Dec 1, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सरकारले समयमै धानको मूल्य निर्धारण गरेपछि बाँके नेपालगञ्जको खाद्यमा धान विक्रीका लागि पालो पर्खिरहेका किसानहरु । तस्वीर : भक्तबहादुर शाही / आर्थिक अभियान
author avatar भक्तबहादुर शाही

मंसिर १५, नेपालगञ्ज । सरकारले समयमै  धानको मूल्य निर्धारण गरी खरीद गर्न शुरु गरेपछि बाँकेको नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा विक्री गर्ने किसानको घुईचो लागेको छ ।

सरकारले निश्चित कोटा तोकेर खरीद खुल्ला गरेपछि किसानहरुले विक्री  गर्न थालेका हुन् ।किसानहरुले मोटो धानको रू.२ हजार ५३२ र पैसा ८० र मध्यम धानको रू.२ हजार ६७३ र पैसा १६ प्रतिक्विन्टल  पाएका छन् ।

चालू मूल्य आर्थिक बर्ष २०७५/ ०७६ को भन्दा रू.२०० बढी हो । धान विक्रीका लागि खाद्यमा पुगेका नेपालगञ्ज –१९ का किसान तीर्थराम कलवारले सरकारले किसानको भावना बुझेर मूल्य निर्धारण गरेकाले आफुले उत्पादन गरेको धान खाद्यमा विक्रीका लागि ल्याएको बताए । 

उनले भने, ‘व्यापारीको तुलनामा भन्दा खाद्यले खरीद गर्ने धानको मूल्य किसानका लागि हितकारी  छ, त्यसैले गर्दा धान विक्री  गर्न किसानको घुईचो लागेको हो ।’

खाद्यमा दैनिक धान विक्री लागि आउने किसानहरुले पालो पर्खिनु परीरहेको छ । खाद्यले मोटो र मध्यम किसिमको धान खरीद गरिरहेको छ । विक्री गर्ने किसानको घुईचो लागेपछि खाद्यका कर्मचारी राती अवेरसम्म वस्ने गरेको नेपालगञ्ज १९ का शालिकाराम किरीले बताए । 

चार ओटा काँटबाट धान तौल गर्ने गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड नेपालगञ्जका प्रमुख भरतराज खनिया तोकिएको कोटाका लागि खरीद खुल्ला गरिएकोले धान विक्री गर्ने किसानको चाप बढ्दै गएको बताए ।

 दैनिक २०/ २५ ट्रयाक्टर र त्यही अनुपातमा अन्य साधनमा धान लिएर किसान आउने गरेको बताए । खाद्यले धान खरीदका लागि तोकेको कोटा पूरा गर्न अझै पुस १५ सम्म समय लाग्ने अनुमान छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)