ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान बेच्न खाद्यमा किसानको घुइँचो

२०७६ मंसिर, १८  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भक्तबहादुर शाही


नेपालगञ्ज । जताततै धानको थुप्रो, पालो पर्खिरहेका किसान र धान जोख्न भ्याइनभ्याइ कर्मचारी । केही दिनयता बाँकेको नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय परिसरमा देखिएको दृश्य हो यो । सरकारले धानको समर्थन मूल्य निर्धारण गरी खरीद शुरू गरेपछि बाँकेका खाद्य कार्यालयमा अहिले किसानको घुइँचो लागेको छ । निश्चित कोटा तोकेर सरकारले धान खरीद गर्ने भएको हो । 

धान बेच्न आएका नेपालगञ्ज–१९ का किसान तीर्थराम कलवारले सरकारले किसानको भावना बुझेर मूल्य निर्धारण गरेको बताए । ‘व्यापारीको तुलनामा भन्दा खाद्यले खरीद गर्ने धानको मूल्य किसानको हितमा छ,’ उनले भने । त्यसैले गर्दा धान विक्री गर्न किसानको घुइँचो लागेको उनको बुझाइ छ । 

खाद्यले मोटो र मध्यम किसिमको धान खरीद गरिरहेको छ । सरकारले मोटो धानको प्रतिक्विन्टल २ हजार ५३२ र मध्यम धानको २ हजार ६७३ रुपैयाँ खरीद मूल्य तोकेको छ । यो मूल्य गत आर्थिक वर्ष २०७५/७६ भन्दा २ सय रुपैयाँ बढी हो । 

किसानको घुइँचो लागेपछि खाद्यका कर्मचारी राति अबेरसम्म खटिरहेको कार्यालयका प्रमुख भरतराज खनियाँले जानकारी दिए । ‘कार्यालयले चारओटा काँटाबाट तौल गरेर धान खरीद गरिरहे  पनि किसानले भने धान विक्रीका लागि पालो पर्खनुपर्ने अवस्था छ,’ उनले भने । उनले दैनिक २५ ओटा जति ट््याक्टर र त्यही अनुपातमा लडियामा धान राखेर किसान आउने गरेको बताए । 

खाद्यले ३५ हजार क्विन्टल धान खरीद गर्ने कोटा निर्धारण गरेको छ । गत कात्तिक २७ गतेदेखि खरिद शुरू गरेको कार्यालयले कोटा पूरा गर्न अझै पुस १५ गतेसम्म लाग्न अनुमान गरेको छ । हालसम्म १० हजार क्विन्टल धान खरिद गरिएको खाद्यले जानकारी दिएको छ । 

खाद्यले गत वर्ष पहिलो चरणमा २५ हजार र पछि थप १० हजार गरी ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य सरकारबाट पाएकामा ३३ हजार क्विन्टल धान खरीद गरेको थियो । यस वर्ष सरकारले बजार मूल्यभन्दा बढी मूल्य दिएकाले खाद्य संस्थानलाई धान खरिद गर्न सहज भएको प्रमुख खनियाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)