ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्षाले रौतहटका इँटा उद्योगमा १५ करोडको क्षति

२०७६ फागुन, १६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

रौतहट । रौतहटमा वर्षाका कारण इँटा उद्योगमा १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । पोल्न तयार काँचा इँटामा वर्षा र असिनाले क्षति पु¥याएको हो । जिल्लाका सबै इँटा उद्योगमा वर्षा र असिनाले असर पारेको इँटा उत्पादक व्यवसायी संघ, रौतहटका अध्यक्ष रामविनोद साहले बताए । सबैजसो वर्ष हिउँदे तथा बेमौसमी वर्षाले इँटा उद्योगमा नोक्सानी पु¥याउने गरेको उनको भनाइ छ । काँचा इँटा पानीबाट जोगाउने उपाय नहुँदा व्यवसायी मारमा परेको उनले गुनासो गरे । ‘काँचा इँटाको बीमा कुनै पनि बीमा कम्पनीले गर्न मान्दैन,’ उनले भने, ‘यसले पनि उद्योगी व्यवसायी मर्कामा पर्ने गरेका छन् ।’

हरेक वर्ष वर्षाले इँटामा क्षति पुर्‍याउने गरे पनि कुनै पनि निकायबाट क्षतिपूर्ति पाउन नसकिएको उनले बताए । रौतहटमा १६१ इँटा उद्योगले राज्यलाई वार्षिक करीब १५ करोड रुपैयाँ भ्याट तथा करीब २५ लाख रुपैयाँ आयकर बुझाउँदै आएको उनले जानकारी दिए । 

२५ हजार जनालाई रोजगारी दिँदै आएको इँटा उद्योगका व्यवसायी मारमा परेकाले क्षतिपूर्ति राज्यले दिनुपर्ने अडान उनले राखे । एउटा काचो इँटा तयारी अवस्थामा ल्याउन २ देखि ३ रुपैयाँसम्म खर्च हुने गरेको संघका सचिव तथा रामजानकी इँटा उद्योगका सञ्चालक मोहन साहले बताए । यस्तै इँटा उद्योग सञ्चालन गर्न २ करोडदेखि ४ करोड रुपैयाँसम्म लगानी आवश्यक पर्ने उनको भनाइ छ ।

इँटा उद्योगमा आवश्यक कच्चापदार्थ सहज रूपमा उपलब्ध गराउन र करमा छूट दिन पनि उनले माग गरे । बैंकबाट ऋण लिएर उद्योग खोलेका उद्योगीलाई इँटा नष्ट भएपछि किस्ता तिर्न समेत समस्या भएको बताइएको छ । प्रदेश नं २ मा ६१२ ओटा इँटा उद्योग छन्, जसमध्ये सबैभन्दा बढी रौतहटमा छन् । यहाँ उत्पादित इँटा काठमाडौं, पोखरा, विराटनगर लगायत शहरसम्म पुग्ने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)