ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घोराही खानेपानीमा नयाँ योजना

Mar 4, 2020  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ  । दाङको घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले करीब ५७ करोड रुपैयाँ लागतको नयाँ खानेपानी योजना अघि सारेको छ । आफ्नो क्षेत्रका उपभोक्तालाई २४ घण्टा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले नयाँ योजना अघि बढाउन लागिएको संस्थाले बताएको छ ।

अबको २३ वर्षसम्मका लागि घोराही बजार क्षेत्रमा चौबीसै घण्टा खानेपानीको सुविधा दिन बृहत् योजना अघि सारिएको संस्थाका अध्यक्ष देवीबहादुर डिसीले जानकारी दिए । ‘करीब ४० वर्षदेखि यस क्षेत्रका उपभोक्तालाई पानी वितरण गर्दै आएका छौं,’ उनले भने, ‘हालको पुरानो संरचनाबाट उपलब्ध पानीले अबको माग धान्न सक्दैन । नयाँ योजना सम्पन्न भएपछि वर्षौंसम्म खानेपानीको सहज आपूर्ति गर्न सकिन्छ ।’

संस्थाले २०६३ सालदेखि आफ्नो करीब ४० वर्ष पुरानो संरचना केही परिवर्तन गरेको छ । अहिले घोराही बजार क्षेत्रमा १२ ओटा डीप बोरिङमार्पmत पानी निकालेर पाँचओटा ओभरहेड ट्याङ्कीबाट उपभोक्तालाई पानी वितरण गरिँदै आएको छ । ‘संस्थाका १४ ओटा बोरिङ छन्, तर दुईओटालाई स्टकको रूपमा राखेर बाँकी संरचनाबाट मात्रै पानी वितरण भइरहेको छ,’ अध्यक्ष डिसीले भने ।

रू. ५७ करोड ७९ लाख ९२ हजारको नयाँ योजनाको डिजाइन इस्टिमेट तयार भइसकेको डिसीले जानकारी दिए । यो योजनामा पानीका लागि विभिन्न भौतिक पूर्वाधार निर्माणलगायत काम हुनेछ । उक्त योजनाको टेन्डर प्रक्रिया अघि बढाउने तयारी भइरहेको संस्थाले बताएको छ । यो योजनामा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी रहनेछ । संस्थाले विशेषगरी जिल्ला सदरमुकाम घोराही बजार क्षेत्रमा दैनिक ३८ लाख लिटर पानी वितरण गर्दै आएको छ ।

यस्तै खानेपानीका लागि संस्थाले हालसम्म रू. २५ करोडभन्दा बढी लगानी गरिसकेको डिसीले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)