ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुम पूर्वका तीन स्थानीय तहमा १५ शय्याको अस्पताल बन्दै 

२०७६ फागुन, २९  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल

रुकुम । संघीय सरकारको पहलमा रुकुम पूर्वका तीनओटै स्थानीय तहमा १५ शय्याको अस्पताल स्थापना गरिने भएको छ । तीनओटै गाउँपाालिका सञ्चालनमा रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शय्याको अस्पताल बनाउन लागिएको हो । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकामा गत वर्षदेखि नै अस्पतालको निर्माण शुरू भइसकेको छ भने सिस्ने र भूमे गाउँपालिकामा चालू वर्षमै काम अघि बढाउने तयारी गरिएको छ । 

सिस्ने गाउँपालिका–५ को रुकुमकोट स्वास्थ्य चौकी, भूमे गाउँपालिका–९ को चुनबाङ स्वास्थ्य चौकी र पुथाउत्तरगंगा गाउँपालिका–१२ को कोल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा विकास गर्न लागिएको जिल्ला समन्वय समितिका संयोजक गजेन्द्रबहादुर ओलीले जानकारी दिएका छन् ।

सिस्ने गाउँपालिकाको रुकुमकोट स्वास्थ्य चौकी र भूमे गाउँपालिकाको चुनवाङ स्वास्थ्य चौकीलाई चालू आर्थिक वर्षमा अस्पतालमा स्तरोन्नति गर्ने निर्णय भएको संयोजक ओलीले बताए । 

पुथाउत्तरगंगा गाउँपालिकाको कोल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्ने निर्णय अघिल्लो वर्ष नै भएको थियो । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । मन्त्रालयले प्राथमिक अस्पतालमा स्तरोन्नति गर्ने स्वास्थ्य संस्थामा सूचीकृत गरेपछि स्थानीय उत्साहित भएका छन् । अस्पताल बन्ने सूचीमा परेपछि जिल्लामै उपचार सेवा पाइने आशा गरिएको चुनवाङ गैरीगाउँकी मनमाया घर्तीले बताइन् । स्वास्थ्य चौकीमै डाक्टरसहितको सेवा शुरू हुने उनको विश्वास छ । अस्पताल अभावमा अहिले सर्वसाधारण सामान्य उपचारका लागि पनि रोल्पाको बागमारा पुगेर निजी क्लिनिकमा उपचार गर्न बाध्य छन् । 

चुनवाङ अहिले एउटा वडा भए पनि पहिलाको सिंगो गाविस हो । चुनवाङ रोल्पाका धेरै गाउँको केन्द्र मानिन्छ । यस वर्ष सूचीकृत भएका रुकुमकोट र चुनबाङ स्वास्थ्य चौकीको स्तरोन्नतिका लागि आगामी वर्ष बजेट आउनेछ । अघिल्लो वर्ष सूचीकृत भएको कोल प्राथमिक स्वास्थ्य केन्द्रमा यही वर्षदेखि अस्पताल निर्माण प्रक्रिया शुरू हुने प्रदेश नं ५ का प्रदेश सभा सदस्य तेजबहादुर ओलीले बताए । चालू आवमा अस्पतालको पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारिनेछ । 

अस्पतालमा सम्बन्धित गाउँपालिका र संघीय सरकारको संयुक्त लगानी रहने बताइएको छ । अस्पताल निर्माणका लागि केही प्रतिशत सम्बन्धित गाउँपालिकाले बजेट विनियोजन गर्नुपर्नेछ भने बाँकी संघीय सरकारले विनियोजन गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)