ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सवारी कारबाहीबाट करीब ९ लाख राजस्व 

२०७६ फागुन, ३०  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पश्चिममा सवारी कारबाहीबाट झन्डै ९ लाख राजस्व संकलन  भएको छ । जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले चालू आर्थिक वर्षको ७ महीना (साउनदेखि माघ मसान्त)सम्ममा रू. ८ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

माघ महीनामा सबैभन्दा बढी राजस्व संकलन भएको छ । माघमा मात्र ३ लाख २० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय, रुकुम पश्चिमले जानकारी दिएको छ । सो महीना मात्र ६२० ओटा सवारीसाधन कारबाहीमा परेका थिए ।

त्यस्तै पुस महीनामा १२८ ओटा सवारीसाधनबाट १ लाख २६ हजार ५०० राजस्व संकलन भएको थियो भने मंसिर महीना ४२ ओटा सवारीसाधन कारबाहीमा परेका थिए, जसबाट १ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै कात्तिकमा १ लाख २४ हजार, असोजमा ९१ हजार, भदौमा ८७ हजार ५ सय र साउनमा ३४ हजार ५०० राजस्व संकलन भएको थियो । 

साउनदेखि माघ मसान्तसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ९६१ ओटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुकुम पश्चिमका इन्चार्ज लक्ष्मण विकले जानकारी दिएका छन् । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । यस अवधिमा ५०७ ओटा मोटरसाइकल, ११८ ओटा बस, ३८ ओटा ट्रक, १०६ र १२९ ओटा जीपले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)