ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारी अस्पतालमा कोरोना जाँचका लागि हेल्प डेस्क  

२०७६ चैत, ७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिपेश पौडेल

रौतहट । चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरिएको छ । यससँगै कोरोनालगायतको जाँच गराउन आउने बिरामीको संख्या बढेको छ । चन्द्रपुर नगरपालिका नगर प्रमुख रामचन्द्र चौधरी, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव चेतराज बराल, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देलले औपचारिक रूपमा शुरुआत गरिएको सहायता कक्षमा थर्मल थर्माेमिटरबाट ज्वरो मापन गरेका हुन् ।

उपचारका लागि अस्पताल पुग्ने बिरामीले पहिले सो सहायकता कक्षमा जाँच गराउनुपर्नेछ । अस्पतालमा बिरामीको भीडभाड हुन नदिइने अस्पतालले बताएको छ । अस्पतालका डाक्टर श्यामबाबु साहले कोरोनाको विषयमा जानकारी गराउन र सतर्कता अपनाउन सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए । अस्पतालमा सहायता कक्ष स्थापनासँगै जनचेतनाका लागि कोभिड–१९ सँग सम्बन्धित ब्यानर टाँस गरेको छ । 

सहायता कक्षबाट परामर्श दिनुका साथै उपचार पद्धति र बच्ने उपायबारे जानकारी दिने गरेको छ । चन्द्रपुर नगरपालिकाको सहयोगमा चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सहायता कक्ष राखिएको हो । यसअघि भारतसँग सीमा जोडिएको गौरको भन्सार नजीकमा कोरोना भाइरस परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको छ । कोरोना रोगको संक्रमितको पहिचान तथा चेकजाँचका लागि थर्मल थर्मोमिटर सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरीएको गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बताए ।

गौर बाहेक इशनाथको औरैया र बौधीमाईको बंकुलमा पनि बुधवारदेखि सहायता कक्ष सञ्चालन आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)