ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङका होटल व्यवसायी दैनिक २५ लाख घाटामा 

२०७६ चैत, ७  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइसरको असर दाङको होटल व्यवसायमा पनि देखिन थालेको छ । कोरानाको सन्त्रासले पर्यटकको आगमन शून्यप्रायः हुँदा जिल्लाका अधिकांश होटलले दैनिक लाखौं घाटा बेहोर्नु परेको व्यवसायीले बताएका छन् । 

पछिल्लो चरणमा फस्टाउँदै गएको दाङको होटल व्यवसाय कोरोनाको त्रासमा दैनिक २० लाखदेखि  २५ लाख रुपैयाँ घाटा बेहोर्नु परेको दाङ देउखुरी होटल व्यवसायी समिति दाङका अध्यक्ष रुद्रबहादुर डाँगीले बताए । ‘कोरोना संक्रमण फैलने त्रासमा सरकारले सार्वजनिक कार्यक्रम गर्ने कार्यमा नै रोक लगाएपछि होटल तथा लजमा हुने गरेका कार्यक्रम बन्द भएका छन् भने आन्तरिक तथा बाह्य पर्यटकको आवागमन ठप्प भएको छ,’ उनले भने, ‘यसले जिल्लाको होटल व्यवसाय नै चौपट भएको छ ।’ करोडौं लगानीमा सञ्चालनमा आएका होटल व्यवसाय नै सकटमा परेको उनको भनाइ छ । होटलको व्यापार नभएपछि कर्मचारीलाई पारिश्रमिक दिन र घरभाडा तिर्न समस्या भएको व्यावसायीले बताएका छन् । दैनिक चहलपहल हुने होटल तथा रेष्टुराँहरू सुनसान हुँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सृजना भएको घोराहीस्थित होटल मालाइनका सञ्चालक ओविन्द्रबहादुर महराले बताए । ‘पछिल्लो १ महीनादेखि होटलको व्यापार नहुँदा कर्मचारीलाई तलब दिन र घर भाडा तिर्न कठिन भइसक्यो,’ उनले भने ।

यस्तै अवस्था लामो समयसम्म रहेमा ठूला लगानीका होटल समेत बन्द हुने अवस्थामा पुग्ने होटल व्यवसायी समितिका अध्यक्ष डाँगीले बताए । ‘साना होटल तथा रेष्टुराँमा लगानी पनि थोरै र स्टाफ खासै नहुने भएकाले आन्तरिक ग्राहकले खर्च धान्न सक्छन्,’ उनले भने, ‘तर ठूला होटलको लगानी र खर्च धेरै हुने भएकाले बाह्य पर्यटक नआएसम्म खर्च धान्न सक्ने अवस्था छैन, अन्ततः व्यवसाय नै बन्द गर्नुको विकल्प हुँदैन ।’ 

दाङमा होटल व्यवसायी समितिमा मात्रै १ हजार ३०० भन्दा बढी होटल दर्ता भएका छन् । जिल्लाका होटल तथा रेष्टुराँ व्यवसायमा करीब रू.२ अबभन्र्दा बढीको लगानी भएको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)