ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बन्द भयो बाबा बैजुनाथ सुगर मिल 

२०७६ चैत, ७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियास्थित बाबा बैजुनाथ सुगर एन्ड केमिकल्स उद्योग यस वर्र्ष ६ लाख ८ हजार क्वीन्टल उखु क्रसिङ गरी बन्द भएको छ । मंसिर २९ गतेदेखि सञ्चालनमा आएको मिलले फागुन २५ गतेसम्म उखु क्रसिङ गरेर बन्द भएकोे हो । 

यस वर्र्ष १५ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिए पनि उखु उत्पादनमा कमी आएका कारण कम भएको उद्योगका अध्यक्ष बैजुप्रसाद बाबराले बताए । ‘उद्योगले गतवर्र्ष परीक्षण उत्पादन गरेकाले ३ लाख ५६ हजार क्वीन्टल उखु क्रशिङ गरेको थियो,’ उनले भने, ‘तर यस वर्र्ष लक्ष्यअनुसार उखु प्राप्त गर्न नसक्दा क्रशिङ पनि सो अनुसार हुन नसकेको हो ।’ उखुखेतीप्रति कृषकको आर्कषण घट्दै गएका कारण उत्पादनमा कमी आएको उनको भनाइ छ । 

बाबा बैजुनाथ सु्गर एण्ड केमिकल्स उद्योगका अध्यक्ष बबराका अनुसार कृषकलाई प्रोत्साहन गरेर उखुखेती विस्तार गर्दै लैजाने योजना छ । उखु उत्पादन वृद्धि र विस्तार गर्न चाहनेका लागि मिलले बीउ, मल, औषधि तथा प्राविधिक सल्लाह कृषकलाई दिँदै आएको उनले बताए । अगामी वर्र्षमा उखुखेती विस्तार हँुदै जाने र लक्ष्यनुसार उखु क्रशिङ हुने उनको भनाइ छ । अन्य चिनी मिलले समयमा नै भुक्तानी नदिएका कारण उखुखेतीप्रति कृषक निराश भएको अध्यक्ष बबराले बताए । तर बाबा बैजुनाथले भने कृषकको रकम समयमै भुक्तानी दिने गरेको उनले दाबी गरे । ‘यस वर्र्षको करीब ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ,’ उनले भने, ‘असारसम्ममा बाँकी सबै भुक्तानी हुन्छ ।’ कृषकको रकम भुक्तानीमा उद्योगले ढिलाइ नगर्ने उनको भनाइ छ । उद्योगको दैनिक ३० हजार क्वीन्टल उखु क्रशिङ गर्ने क्षमता छ । करीब ११ बिगाहा रहेको सो मिल गतवर्र्ष स्थापना भएको हो । उद्योगमा ५०० जनाभन्दा बढीले जनाले रोजगारी पाएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)