ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारी राहत बारे  के भन्छन् उद्योगी ?  ( भाग–१)

 सकारात्मक तर अपर्याप्त

२०७६ चैत, १७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

 चैत १७, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) का कारण अर्थसामाजिक दैनिकीमा परेको असर न्यूनीकरणका लागि भन्दै सरकारले आइतवार राहतको प्याकेज घोषणा गर्‍यो । 
सर्वसाधारणको दिनचर्यादेखि आर्थिक क्षेत्रका समस्या सम्बोधन गर्ने उद्देश्यले ल्याइएको राहतका बारेमा वीरगञ्ज क्षेत्रका उद्योगी/ व्यवसायीहरु के भन्छन् त ?
 उनीहरुको भक्सपप प्रस्तुत गरिएको छ ।

उद्योगीहरु मध्ये निम्वस समूहका अध्यक्ष जगदीश प्रसाद अग्रवाल भने सरकारले कोरोना महामारी विरुद्ध सरकारले ल्याएको राहत प्याकेजलाई सकारात्मक मान्नु पर्ने बताउँछन् । 

उनी भन्छन्, ‘कोरोना भाइरस विश्वमा महामारीको रुपमा फैलिइरहेको बेलामा आर्थिक र सामाजिक क्षेत्रमा पर्नसक्ने नकारात्मक असर न्यूनीकरणका लागि सरकारले ल्याएको राहत प्याकेज सकारात्मक मान्नु पर्दछ । उत्पादन, आयात, आपूर्तिका प्रणाली र संयन्त्र अस्तव्यस्त भएकाले यसको असर ठूलो हुन सक्छ । कर र बैंक ब्याजको किस्ता बुझाउने समय सीमा बढाएइनु एक प्रकारले तत्कालका लागि राहत हो । कोरोना भाइरसको संक्रमण रोक्न लक डाउन गरिएको छ । स्वास्थ्यका अन्य सरोकार भने ओझेलमा परेका छन् । यसको व्यवस्थापन कसरी हुन्छ ? अहिले सरकारले ल्याएको प्याकेजमा आर्थिक राहतमात्र देखिएको छ । पैसा भएर पनि कुनै कुराको व्यवस्थापन गर्न सक्ने अवस्था छैन । राहत कार्यान्वयनको संयन्त्र स्पष्ट हुनु पर्दछ । समग्र जनजीवनलाई सहज बनाउने विषयलाई सम्बोधन गर्न सकेमा यो प्रभावकारी हुन्छ ।’

 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)