ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माण व्यवसायी संघको भवनलाई अस्थायी क्वारेन्टाइन बनाउन आग्रह

२०७६ चैत, १७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिपेश पौडेल

चैत १७, रौतहट । निर्माण व्यवसायी संघ रौतहटले आवश्यक परेमा आफनो भवनलाई अस्थायी क्वारेन्टाइन बनाउन प्रशासनलाई आग्रह गरेको छ । निर्माण व्यवसायी संघले सदरमुकाम गौरमा रहेको पाँच कोठे भबनलाई अस्थायी क्वारेन्टाइन बनाउन प्रशासनलाई सहमति दिएको  हो । 

प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेलाई निर्माण व्यवसायी संघ रौतहटका महासचिब कृष्णदेब यादबले पत्र लेख्दै संघको भबनमा अस्थायी क्वारेन्टाइन बनाउन आग्रह गरेको हो । 

बिश्वब्यापी रुपमा फैलदैं गएको कोरोना भाइरसको नियन्त्रण अभियानका लागि संघले स्वास्थ्यकर्मीको लागि ४० थान पीपीईसमेत उपलब्ध गराएको छ । बिदेशबाट आएकाहरुलाई रौतहटको बिभिन्न स्थानीय तहमा बनाइएको अस्थायी क्वारेन्टाइनमा राखेर परिक्षण गर्ने गरिएको ।

रौतहटमा कोराना भाइरसको बिरामी देखिएको छैन् तर साबधानी अपनाउन प्रशासन र स्थानीयतह भने सक्रिय भएर लागेका छन् । भारतलगायत अन्य मुलुकबाट फर्किएका ८२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । 

कोरोना भाइरस (कोभिड –१९) को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको रौतहटका प्रजिअ घिमिरेले बताए ।

बाह्य मुलुकबाट फर्किएका व्यक्तिहरुलाई परिवार र समाजबाट अलग गरी सुरक्षित तरिकाले क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको उनले बताए । रौतहटका विभिन्न स्थानीयतहले अलग–अलग स्थानमा २१  ओटा भवनमा कुल ५१८ बेडको क्वारेन्टाइन निर्माण गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)