ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङमा घर–घरमा  सामग्री लैजान शुरु

२०७६ चैत, १८  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

चैत १८, दाङ । दाङको घोराहीमा घर–घरमा दैनिक उपभोग्य सामग्रीहरु पुर्‍याउन थालिएको छ ।

विश्वभरी महामारीकै रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) नेपालमा फैलना नदिन सरकारले गरेको लकडाउनको समयमा सर्वसाधारलाई दैनिक  उपभोग्य समाग्री खरीदमा समस्या भएपछि दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही उपमहानगरपालिका वडा नंं १४ र १५ को समन्वयमा दैनिक उपभोग्य समग्रीहरु घर–घरमा पु¥याउन थालेको हो ।

लकडाउन कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका अत्यावश्यक पसलहरु दैनिक विहान ६ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न दिने निर्णय गरेपछि उत्पन्न असहज परिस्तिलाई ध्यानमा राख्दै मंगलवारदेखि आवश्यकता अनुसार घर–घरमा दैनिक खाद्ययवस्तु लगायतका सामग्रीहरु पुर्‍याउने व्यवस्था गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । 

‘लकडाउनको समय थपिएसँगै सर्वसाधारणको घरमा दैनिक उपभोग्य समाग्रीहरुको आपूर्तिमा समस्या आएको देखियो’, उनले भने, ‘विहान ३ घण्टा मात्रै पसल खोल्दा भिडभाड बढी हुने गरेकाले हामीले घर-घरमै माग अनुसारका दैनिक उपभोग्य सामग्रीको होम डेलिभरी शुरु गरेका हौं ।’

उपभोक्ताले दाङ जिल्ला उद्योग वाणिज्य संघको फोन नंं मा सम्पर्क गरेर आफूलाई आवश्यकता परेको दैनिक उपभोग्य सामग्रीको माग गर्न सक्ने र  माग  अनुसारको चामल, तरकारी, नुन, तेल, दाल, दूध, फलफूल, पिठो, सावुन, च्याउलगायतका दैनिक उपभोग्य सामग्रीहरु घरमै  पाउने छन् । 

होमडेलिभरीका लागि १२ ओटा सवारी र एउटा मोटरसाइकल परिचालन गरिएको अध्यक्ष भुसालले  बताए ।

खाद्या सामग्री बोकेका सवारीहरु माइकिङ् गर्दै प्रत्येक टोल– टोलमा जाने र घरमा बस्नेहरुले गेटबाटै आवश्यकता अनुसार सामान खरीद सक्ने छन् ।

तत्कालका लागि बजारमा मौज्दात् अवस्थामा रहेका खाद्यान्नहरु पसलकै मूल्यमा विक्री गरिदैं आएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)