ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशीको बाँधको परीक्षण सफल

२०७६ चैत, २१  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

चैत २२, दोलखा । राट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेवा) को बाँधको परीक्षण सफल भएको छ ।

आयोजनाले चैत ३ गतेदेखि हेडवर्क्सको परीक्षण शुरू गरेकोमा बाँधमा पानी भर्दा समस्या नदेखिएकोले परीक्षण सफल भएको हो ।विनाशकारी भूकम्पले १७ सेन्टिमिटर भासिएको २२ मिटर अग्लो र  ६० मिटर लामो बाँधमा परीक्षणको क्रममा समस्या नदेखिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए ।

चैत ३ देखि २१ गते सम्ममा हेडवर्क्सको सबै संरचनाको परीक्षण गर्ने भनिएकोमा लकडाउनका कारण २१० मिटर लामो डिस्यान्डरको परीक्षण गर्न भने नसकिएको प्रवक्ता न्यौपानेको भनाइ छ ।


सरकारले आह्वान गरेको लकडाउन र स्थानीयले लकडाउनको पालना गर्न दिएको अल्टिमेटमको कारण डिस्यान्डर बेसिन परीक्षण हुन नसकेको उनले बताए । ‘अब केही समय पछि डिस्यान्डरको परीक्षण गरिनेछ,’ उनले भने ।


सरकारले बिहीवार माथिल्लो तामाकोशी लगायत ठूला आयोजनाको काम अघि बढाउन गरेको निर्णयले निर्माण अघि बढाउन सहज भएको र सोही अनुरूप आयोजनास्थलमै रहेका कामदारबाट सुरक्षित रूपमा काम अगाडि बढाउने निर्देशन ठेकेदार कम्पनीहरूलाई दिइसकिएको उनले बताए । अब पुनः कामले गति लिने विश्वास उनको छ ।

कार्यतालिका अनुसार बाँधमा पानी भरिसकेपछि बालुवा थिग्य्राउने दुईओटा पोखरीमा मात्रा मिलाएर पठाउँदै परीक्षण गर्नुपर्ने थियो  । बाँधमा जमाइएको पानी घटाउनु परेको कारण बालुवा थिग्य्राउने पोखरीको परीक्षण अधुरो भएको आयोजनाले बताएको छ ।

भूमिगत विद्युत् गृहभित्रका यन्त्र÷उपकरणहरूको रेखदेखको काम निरन्तर चलिरहेको प्रवक्ता न्यौपानेको भनाइ छ ।आयोजनाको कठिन मानिएको भर्टिकल साफ्टमा पेनस्टकको जडान भइरहेको आयोजनाले बताएको छ ।

गत चैत २२  गते शनिवार सम्ममा ३७३ मिटरको भर्टिकल साफ्टमा २९० मिटर तथा ३१० मिटर लामो तल्लो भर्टिकल साफ्टमा १७५ मिटर पेनस्टक  जडान सम्पन्न भएकोे छ । तल्लो भर्टिकल साफ्टमा अस्ट्रियन कम्पनी एन्द्रिज तथा माथिल्लो भर्टिकल साफ्टमा भरतीय कम्पनी टेक्सम्याको रेल्वे इञ्जिनीयरिङले पेनस्टक जडानको काम गरिरहेको छ ।

आयोजनाले यसअघि भूमिगत विद्युत् गृहको सुक्खा परीक्षण सफल रूपमा सम्पन्न गरिसकेको थियो । आयोजनाको प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ । रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेशनको सिभिल संरचनाको काम सम्पन्न गरी उपकरण जडानको काम शुरू हुने अवस्थामा पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)