ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दूध बोक्ने गाडी नचल्दा दुग्ध कृषक मर्कामा

२०७६ चैत, २२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिपेश पौडेल

रौतहट । रौतहटमा दूध बोक्ने गाडी (ट्यांकर) चल्न नपाएपछि पशुपालक किसान मर्कामा परेका छन् । कोरोना भाइरसका कारण मुलुक लकडाउन भएपछि उत्पादित दूध किसानले चिस्यान केन्द्रसम्म पुर्‍याउन पाएका छैनन् ।

चन्द्रनिगाहपुर तथा गरुडामा रहेको दुग्ध विकास संस्थानको चिस्यान केन्द्रले दूध खरीद गर्दै आए पनि दूध बोक्ने गाडी नचल्दा दुग्ध कृषक समस्यामा परेका हुन् । दूध विक्री गरेर आम्दानी गर्दै आएका र व्यावसायिक रूपमा पशुपालन गरेका किसान मर्कामा परेको जयकिसान दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाश चौलागाईंले बताए ।

‘चन्द्रपुर नगरपालिका–९ का अधिकांश किसानले वित्तीय संस्थाबाट ऋण लिएर पशुपालन गरेका छन्,’ उनले भने, ‘दूध बेच्न नपाउँदा उनीहरू निकै चिन्तित छन् ।’ सामाजिक दूरी कायम गरेर किसानसँगको दूध संकलन गरी चिस्यान केन्द्रमा पु¥याउँदा पशुपालक किसान लाभान्वित हुने उनले बताए । तर प्रशासनले अनुमति नदिएकाले दूध संकलन गरी चिस्यान केन्द्रमा पु¥याउन नसकिएको उनले गुनासो गरे । दूध बोक्ने गाडी चल्न नदिएपछि दुग्ध सहकारीले दूध संकलन बन्द गरेका छन् ।

रौतहट दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले दूधको उत्पादन भए पनि दूध बोक्ने ट्यांकर नचलेपछि सहकारीले संकलन गर्न नसकेको बताए । दूध बोक्ने गाडीलाई सहजै गुड्न दिन प्रशासनसँग पटक पटक अनुरोध गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ । जिल्लामा करीब ३० हजार पशुपालक किसान रहेको भन्दै उनले अहिले उत्पादित दूध उपभोक्ताले समेत नपाएकाले यस विषयमा प्रशासन गम्भीर हुनुपर्ने बताए । 

चन्द्रपुर र गरुडामा रहेका चिस्यान केन्द्रले दैनिक १४ हजार लिटर दूध खरीद गर्दै आएका छन् । सहज वातावरण भएमा दूध खरीद गर्न सकिने दुग्ध विकास संस्थान हेटौंडा अन्तर्गत चन्द्रनिगाहपुर चिस्यान केन्द्रका प्रमुख सीताराम लामिछानेले बताए । दुग्ध पदार्थ ओसारपोसार गर्ने सवारीसाधनलाई सरकारले चल्न छूट दिए पनि यसको उचित कार्यान्वयन हुन नसक्दा पशुपालक किसान मर्कामा परेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)