ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आंशिक रुपमा भएपनि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग सञ्चालन गर्न दिइनुपर्ने उद्योगीको माग 

२०७७ बैशाख, ११  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वैशाख ११, वीरगञ्ज । बाराका उद्योगीले उद्योग सञ्चालन गर्न पाउनुपर्ने बताएका छन् ।१ महीनादेखि जारी लकडाउनका कारण उद्योग नराम्ररी प्रभावित भएको भन्दै सतर्कता अपनाएर सञ्चालनको अनुमति दिन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले माग गरेको हो ।

संघले स्थानीय सरकार र प्रशासनसमक्ष यस्तो माग गरेको हो । लाकडाउनका कारण १ महीनादेखि उद्योगी र समग्र अर्थतन्त्रलाई नै नोक्सानी भएको संघका अध्यक्ष सञ्जयकुमार साहले बताए ।

‘बाराको औद्योगिक प्रतिष्ठान रहेको क्षेत्रमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिएकाले आंशिक रुपमै भए पनि उद्योग चलाउने वातावरण बनाइदिनु पर्दछ,’ साहले आर्थिक अभियानसित भने । 

 

उद्योगले कोरोना फैलिन नदिन अपनाएको सकर्तकताका उपायबारे स्थलगत अनुगमन गरी सञ्चालनको अनुमति दिंदा अर्थतन्त्रमाथिको नकारात्मक असर कम हुने दाबी उद्यमीहरूको छ । लकडाउनका कारण उद्योग बन्द भए पनि  आवागमन नहुँदा मजदूर उद्योगमै रोकिएको साहले बताए । 

बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योग बारा जिल्लामा छन् । लकडाउनयता कोरिडोरका अधिकांश उद्योगको उत्पादन ठप्प छ । 

कोरिडोरका खाद्यान्न उद्योग आंशिक रुपमा चलेका छन् । तर, ती उद्योगलाई सहायक कच्चा पदार्थ आपूर्ति गर्ने उद्योग बन्द छन् । यस्तै अवस्था रहेमा खाद्यान्न उद्योगसमेत धेरै दिन चल्न नसक्ने दाबी साहले गरे । 

सरकारले ठूला विकास आयोजना सञ्चालन गर्ने भने पनि निर्माण सामग्रीका उद्योग बन्द छन् । निर्माण सामग्री आपूर्ति नै रोकिएपछि आयोजनाको कामसमेत प्रभावित हुने उद्यमीहरू बताउँछन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)