ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनका कारण रौतहटका कुखुरापालक व्यवसायी मर्कामा 

२०७७ बैशाख, १३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिपेश पौडेल

वैशाख १३, रौतहट । रौतहटमा लकडाउनका कारण कुखुरा विक्री हुन नसक्दा कुखुरा पालक व्यवसायीहरु मारमा छन् । एकातिर विक्री समस्या र अर्को कुखुरालाई दिइने दानाको समेत अभाव हुँदा कुखुराहरू धमाधम मर्न समेत थालेका छन् । मौलापुर नगरपालिका वडा नं. ८ मा रहेको न्यू शिव बहुुुउद्देश्यीय कृषि फार्मले सञ्चालन गरेको पोल्टी फार्ममा कुखुुरा मर्न थालेका हुन् । 

लकडाउनको कारण कुुखुुरालाई चाहिने दाना उपलब्ध नहुँदा कुुखुुरा मर्न थालेको फार्मका सञ्चालक शिवशंकर यादवले बताए । फार्ममा रहेका १८ हजार कुुखुरामध्ये ११ हजार भन्दा बढी मरेको उनले बताए । ‘१८ हजार कुुखुुरालाई दैनिक ४० बोरा भन्दा बढी दाना चाहिन्छ,’ उनले भने, ‘लकडाउनको कारण दाना आपूर्ति असहज भएपछि समस्या उत्पन्न भएको हो ।’ 

डेढ महिनामा तयार हुने ब्रोइलर जातको कुखुरा बजारमा पुर्‍याउने वातावरण नभएका कारण मर्कामा परेको कुखुरा पालक व्यवसायीहरु बताउँछन् । स्थानीय बजारमै मासुको खपत हुने भएपछि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर पनि पोल्ट्री फार्म संचालन गर्नेहरूको संख्या बढेको थियो । तर अहिलेको अबस्थामा बैंकको कर्जा भुक्तानी गर्न समेत गाह्रो भएको उनीहरूको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)