ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समुदायस्तरमा कोरोना देखिएपछि वीरगञ्जमा उच्च सतर्कता

२०७७ बैशाख, १४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वैशाख १४, वीरगञ्ज  । वीरगञ्जमा थप २ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । वीरगञ्जका ५० वर्षीय दुई जना पुरुषमा कोरोना पूष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

कोरोना संक्रमण देखिएका व्यक्ति वीरगञ्जको वडा नम्बर २ र ३ छपकैयाका बासिन्दा हुन् । वीरगञ्जमा पहिलो पटक २ नम्बर वडास्थित मस्जिदमा बस्दै आएका ३ जना भारतीयमा कोरोना संक्रमण देखिएको थियो । 

तीन पटक कोरोनाको आरडीटी पोजेटिभ देखिएकी वीरगञ्ज–१० अशोकबाटिकाकी २३ वर्षीया युवतिको आइतवार बिहानै मृत्यु भएको छ । मृतकको थ्रोट स्वाबको पीसीआर परीक्षणका लागि हेटौंडा प्रयोशालामा पठाइएको छ । 

उनको मृत्युको कारण कोरोना हो वा होइन भन्ने पूष्टिका लागि रिपोर्ट पर्खिनुपर्ने नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन उपाध्यायले बताए । आइतवारका यी घटनाक्रमले वीरगञ्जका बासिन्दामा त्रास थपिएको छ । 

वीरगञ्जमै कोरना संक्रमण पूष्टि हुनेको संख्या ५ पुगेको छ । रौतहट र सर्लाहीमा संक्रमित पुष्टि भएका एक÷ एक जनाको पनि यहाँ उपचार भइरहेको छ । 

अहिले वीरगञ्जको २ र ३ नम्बर वडामा उच्च सतर्कता अपनाइएको बताएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षणको तयारी भइरहेको स्थानीय प्रशासनले बताएको छ । 

मृतक युवतिका परिवारलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीहरुको पनि कोरोना परीक्षणका लागि स्वाब लिइएको छ । समुदायस्तरमा कोरोना देखिएपछि जोखिम बढेकाले उच्च सतर्कता अपनाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । 

आइतवार कोरोना पूष्टि भएका वडा नम्बर ३ का संक्रमित पुरुष वीरगञ्ज महानगरमा सरसफाई शाखाका कर्मचारी भएको बताइएको छ । अर्का संक्रमितलाई गत चैत ३० गते कोरोना पुष्टि भएका भारतीय जमातीको सम्पर्कमा रहेको पाइएपछि वडा नम्बर १६ स्थित क्वारेन्टाइनमा राखिएको थियो । 

वीरगञ्जमा पहिलो पटक चैत ३० गते वडा नम्बर २ को मस्जिदमा बस्दै आएका ३ जना भारतीय जमातीमा कोरना पूष्टि भएको थियो । मस्जिद आसपासको क्षेत्रलाई शिल गरी ४ सय भन्दा बढीको आरडीटी गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको थियो । 

जमातीसँग सम्पर्कमा रहेका र अन्य स्थानबाट ल्याएर क्वारेन्टाइमा राखिएका १८७ जनाको थ्रोट स्वाव पीसीआर परीक्षणका लागि पठाइएकोमा ८२ जनाको रिपोर्ट आएको प्रशासनले बताएको छ । तीमध्ये २ जनामा कोरोना फेला परेको हो ।  
४ जनालाई डिस्चार्ज गरिँदै 

चैत ३० गते कोरोना संक्रमण पुष्टि भएका ३ भारतीय र बैशाख २ गते भर्ना भएका रौतहटका युवकको उपचारपछि चौथो रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्जको तयारी भइरहेको नारायणी अस्पतालले बताएको छ । उनीहरूको चौंथो पीसीआर नेगेटिभ रिपोर्ट शनिवार राति आएको अस्पतालले बताएको छ ।

४ जना डिस्चार्ज भए पनि वीरगञ्जमा उपचाररत संक्रमित ३ जना भने रहने भएका छन् ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)