ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जमा कोरोना : ४ जना निको भए, दुई जना संक्रमित थपिए

२०७७ बैशाख, १४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वैशाख १४, वीरगञ्ज  । वीरगञ्जमा कोरोनाको उपचार गराइरहेका ४ जना एकैदिन डिस्चार्ज भएका छन् । नारायणी अस्पतालले उपचारपछि निको भएका ३ भारतीयसहति ४ जनालाई आइतवार डिस्चार्ज गर्दा २ जना नयाँ बिरामी थपिए ।

योसहित नेपालमा कोरोना संक्रमतिको संख्या ५१ पुगेको छ । निको भएर १६ जना डिस्चार्ज भएका छन् । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का ५५ र ४९ वर्षीय २ जनामा कारोना संक्रमण पूष्टि भएको हो । उनीहरूलाई उपचारका लागि आईसोलेशनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा मदन उपाध्यायले बताए । 

वीरगञ्जमा पहिलो पटक २ नम्बर वडास्थित मस्जिदमा बस्दै आएका ३ जना भारतीयमा चैत ३० मा कोरोना संक्रमण पूष्टि भएको थियो । तीनै जना भारतीय र रौतहटबाट वैशाख २ गते उपचारका लागि ल्याइएका युवकलाई डिस्चार्ज गरिएको मेसु उपाध्यायले बताए । 

तीन जना भारतीयलाई मुश्लिम आयोगको जिम्मा लगाइएको छ । नेपाल र भारत दुवैतर्फ लकडाउन भएकाले उनीहरूलाई तत्काल भारत पठाउन नसकिने भएकाले आयोगले जिम्मा लिएको हो । 

रौतहटका युवालाई भने घर पठाइएको छ । अहिले नारायणी अस्पतालमा ३ जना कोरोना संक्रमितको उचार भइरहेको छ । 

आइतवार कोरोना पुष्टि भएका वडा नम्बर ३ का संक्रमित पुरुष वीरगञ्ज महानगरमा सरसफाई शाखाका कर्मचारी भएको बताइएको छ । अर्का संक्रमितलाई गत चैत ३० गते कोरोना पूष्टि भएका भारतीय जमातीको सम्पर्कमा रहेको पाइएपछि वडा नम्बर १६ स्थित क्वारेन्टाइनमा राखिएको थियो । 

वीरगञ्जको २ र ३ नम्बर वडामा उच्च सतर्कता अपनाइएको बताएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षणको काम अघि बढाइने स्थानीय प्रशासनले बताएको छ । समुदायस्तरमा कोरोना देखिएपछि जोखिम बढेकाले उच्च सतर्कता अपनाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । 

जमातीसँग सम्पर्कमा रहेका र अन्य स्थानबाट ल्याएर क्वारेन्टाइमा राखिएका १८७ जनाको थ्रोट स्वाब पीसीआर परीक्षणका लागि पठाइएकोमा ८२ जनाको रिपोर्ट आएको प्रशासनले बताएको छ । तीमध्ये २ जनामा कोरोना फेला परेको हो ।  

यसैबीच तीन पटक कोरोनाको आरडीटी पोजेटिभ देखिएकी वीरगञ्ज–१० अशोकवाटिकाकी २३ वर्षीया युवतिको आइतवार  मृत्यु भएको थियो । उनी रक्त क्यान्सरबाट पीडित थिइन् । 

यसैबीच उनको मृत्युको कारण कोरोना हो वा होइन भन्ने पत्ता लगाउन थ्रोट स्वाब पीसीआरका लागि हेटौंडास्थित प्रयोगशलामा पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नारायणी अस्पतालले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)