ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राप्ती प्रतिष्ठानमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण शुरू

२०७७ बैशाख, १६  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

वैशाख १६, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पीसीआर मेसिनबाट कोरोना भाइरस (कोभिड १९) को परीक्षण शुरु भएको छ । पहिलोपटक परीक्षण गरिएका ११ जनाको रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ ।

पहिलो चरणमा कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ११ जनाको रिपोर्ट नेगेटिभ आएको उपकुलपति प्राडा संगीता भण्डारीले जानकारी दिएकी छिन् । घोराही उपमहानगरपालिका वडा नं. १५ र १६ बाट आएका ५ जना, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बाट आएका ५ जना र सल्यानबाट आएका १ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

पहिलोपटक परीक्षण गरिएका सबै जनाको पुनः परीक्षणका लागि भैरहवा पठाइएको थियो । त्यहाँ पनि उनीहरुको रिपोर्ट नेगेटिभ आएको भण्डारीले बताइन् ।

दोस्रो चरणको परीक्षणमा कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आएका ४ जना र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना भएका २ जना गरी ६ जनाको परीक्षण प्रक्रियामा रहेको प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानमा जडान गरिएको पीसीआर मेसिनबाट दैनिक एक सय ९३ देखि २ सय जनाको स्वाव परीक्षण गर्न सकिने क्षमताको रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)