ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योगीका अन्य समस्या समाधान नभएसम्म उद्योग चलाउन कठिन :  निजी क्षेत्र

२०७७ बैशाख, २५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वैशाख २५, वीरगञ्ज  । लकडाउनलाई खुकुलो बनाउँदै सरकारले ४४ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय गरे पनि सरोकारका अन्य समस्या समाधान नभएसम्म उद्योग चलाउन कठिन हुने निजी क्षेत्रले बताएको छ । 

यसअघि खाद्यान्न, औषधी, दानालगायका उद्योग चलाउन दिइएकोमा शुक्रवारदेखि सुरक्षा सतर्कताको मापदण्ड पूरा गरेर अन्य उद्योग पनि सञ्चालन गर्न दिने निर्णय भएको थियो । कोरोना संक्रमण नियन्त्रणका लागि डेढ महीनादेखि जारी लकडाउनले उद्योग व्यवसाय चौपट भएको भन्दै चलाउन दिनुपर्ने माग निजी क्षेत्रको थियो ।

 उद्योग चलाउन दिने भने पनि उद्योगमा कच्चा पदार्थको आपूर्ति र उत्पादित सामान बजारसम्म पु¥याउन सहज नभएको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले बताए ।

‘उद्योगका कच्चा पदार्थ नाकामा रोकिएका छन्, ढुवानी सहज छैन, कारखानाको मौज्दात उत्पादन आपूर्तिमा समेत समस्या छ’, संयोजक टेमानीले भने । 

अहिले वीरगञ्जको सुक्खा बन्दरगाह र भारतका कोलाता र विशाखापत्तनम् बन्दरगाहमा १२ हजार कण्टेनर मालसामान रोकिएका छन् । स्थलमार्गस्थित नाकामा पनि मालसामान थुप्रिएका छन् । 

असहज ढुवानी, पूँजीको संकट र कोरोना संक्रमणको त्रासका कारण आयातकर्ताले ती औद्योगिक कच्चा पदार्थ र मालसामान गन्तव्यसम्म लैजान सकेका छैनन् । 
लामो समयदेखिको लकडाउनले उद्योगीहरूले सञ्चालन पूँजीको अभाव भोगिरहेको टेमानीले बताए ।

‘बजारबाट उधारो उठेको छैन, द्योग चलाउन सञ्चालन पूँजीको अभाव छ’, उनले भने ।उद्योगी व्यवसायीले सामना गरिरहेको पूँजीको समस्या समाधान गरेर उद्योग चलाउने वातावरण बनाइदिन टेमानीले सरकारसँग आग्रह गरे ।
 

निश्चित अवधिका लागि सहुलियत ब्याजदरमा सञ्चालन पूँजी उपलब्ध हुनुपर्ने माग निजी क्षेत्रको छ । उद्योग चलाउन बजार खुल्नुपर्ने महासंघका केन्द्रीय सदस्य गणेश लाठले बताए । बजारमा सामानको बिक्री नभएसम्म उत्पादनको अर्थ नहुने लाठको भनाइ छ ।

‘उत्पादनको बिक्रीदेखि उद्योगका लागि चाहिने पाटपूर्जाका लागि पनि बजार खुल्नु पर्दछ, उनले भने । 
उद्योग सञ्चालनका लागि बजारलाई पनि क्रमिकरुपमा खुकुलो गरिनुपर्ने सुझाव उद्यमीहरूको छ । अहिलेकै अवस्थामा कामदारको व्यवस्थापनमै समस्या हुने चिन्ता उद्योगीहरूको छ । उद्योगमा कामदार आपूर्ति र व्यवस्थापन चुनौतीपूर्ण भएको उद्योगी रमेश गाडियाले बताए । 

लकडाउनमा उद्योग बन्द भएपछि घर गएका कामदार फर्किएका छैनन् । ती कामदारलाई उद्योगसम्म ल्याउन नसकिएको उद्योगीले बताए । उद्योग चलाउन दिने निर्णय स्वागतयोग्य भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । 

उद्योग सञ्चालनका लागि मानव संशाधनको उचित व्यवस्थापन, सञ्चालन पूँजी, उत्पादनलाई बजारसम्मको पहुँचजस्ता सरोकार सम्बोध नभई उद्योग सञ्चालन हुन कठिन हुने अध्यक्ष केडियाले बताए । 

कच्चा पदार्थ र उत्पादनको ढुवानी एवम् मजदूर आवागमनका लागि स्थानीयस्तरको सहजीकरण चुनौतीपूर्ण देखिएको संघका महासचिव माधव राजपालको भनाइ छ । कच्चा पादर्थ आपूर्तिदेखि उत्पादन र बजारसम्मको पहुँचलाई सहज बनाउन जिल्लास्थित प्रशासनिक निकायबीच समन्वयको खाँचो राजपालले औंल्याए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)