ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनले नाकामा मालसामान रोकिंदा भन्सारको राजस्व प्रभावित

बन्दरगाहमा ४ हजारको हाराहारीमा कन्टेनर रोकिए

२०७७ जेठ, ५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar ओमप्रकाश खनाल

जेठ ५, वीरगञ्ज । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउनले आयातित मालसामान नाकामा रोकिंदा भन्सारबाट उठ्ने राजस्व प्रभावित भएको छ । ढुवानी अवरुद्ध हुँदा त्यसको असर राजस्वमा देखिएको हो । 

मुख्य नाका वीरगञ्जबाट लक्ष्यअनुसार राजस्व उठ्न नसक्ने देखिएको छ । यो नाकास्थित एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह भन्सारले उठाउँदै आएको राजस्व संकलनमा कमी आएको ती भन्सार कार्यालयहरूले बताएका छन् । 

चालू आर्थिक वर्ष २०७६/ ७७ मा वीरगञ्जको आईसीपी भन्सारबाट रू.१ खर्ब ८८ अर्ब aराजस्व उठाने लक्ष्य राखिएकोमा वैशाख मसान्तसम्ममा रू.१ खर्ब ५ अर्ब मात्रै उठेको छ । यो वर्षिक लक्ष्यको तुलनामा करीब ५६ प्रतिशत भएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । 

लक्ष्य पूरा गर्न उक्त भन्सार कार्यालयले अबको करीब २ महीनामा रू.८३ अर्ब उठाउनु पर्दछ । तर लकडाउनका कारण आयातमा कमी र भन्सारमा आइसकेका मालसामान आयातकर्ताले नछुटाउँदा चैत र बैशाख महीनाको राजस्व संकलन क्रमश : रू.५ अर्ब १० करोड र रू.४ अर्ब ४१ करोड मात्र रहेको भन्सारको तथ्यांकले दखाउँछ । 

सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । त्यसयता आयातकर्ताले भन्सारबाट मालसामान छुटाउने क्रम ह्वात्तै घटेको छ । दैनिक ७००/ ८०० गाडी मालसामान जाँचपास हुने वीरगञ्ज भन्सारबाट अहिले १०० को हाराहारीमा गाडी छुटिरहेको भन्सारले बताएको छ । यस्तै अवस्था रहेमा यो आर्थिक वर्षको बाँकी अवधिमा रू. १० अर्ब भन्दा बढी राजस्व उठ्न नसक्ने उनले बताए ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि लक्ष्यअनुसार राजस्व असुली गर्न सकेको छैन । चालू आर्थिक वर्षका लागि रू.४१ अर्ब ८८ करोडको लक्ष्य रहेकोमा वैशाखसम्ममा रू.२९ अर्ब ४६ करोड संकलन भएको सुक्खा बन्दरगाह भन्सार प्रमुख उमेश श्रेष्ठले बताए ।

 बन्दरगाहमा ४ हजारको हाराहारीमा कन्टेनर रोकिएका छन् । तेस्रो मुलकबाट औद्योगिक कच्चा पदार्थ र अन्य उपाभोग्य बस्तु लिएर आएका कण्टेनर आयातकर्ताले लगेका छैनन् । भारतबाट आयातित फलाम र बोराबन्द कार्गो पनि बन्दरगाहमै रोकिएका छन् । 

सरकारले वैशाख अन्तिम साता लकडाउन खुकुलो गरेर ४४ प्रकारका उद्योग र व्यापार सञ्चालन गर्न दिने निर्णय गरे पनि मुख्य नाका वीरगञ्ज आसपासका उद्योग चल्न सकेका छैनन् । निषेधाज्ञा र ढुवानीमा अवरोधका कारण मालसामानको ओसारपसार हुन पाएको छैन । 

ढुवानी र कामदार आवागमनमा अवरोधले उद्योग व्यापार नचलेपछि आयातकर्ताले भन्सारबाट मालसामान छुटाउन चासो देखाएका छैनन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)