ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहटका पत्रकारका लागि कोरोना बीमा

२०७७ जेठ, ५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

जेठ ५, रौतहट । नेपाल पत्रकार महासंघ रौतहटका शाखाले सदस्य तथा सक्रिय संचारकर्मीका लागि कोरोना बीमा गराएको छ ।    

माधव नारायण नगरपालिकाको आर्थिक सहयोगमा रौतहटका ८५ संचारकर्मीका लागि कुल ८५ लाखको बीमा गरिएको हो । माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र राय यादवले बीमाको लागि लाग्ने शुल्क बराबरको चेक पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । 

पछिल्लो समय रौतहटमा कोरोना संक्रमितको संख्या बढ्न थाले पछि रौतहटमा जोखिम बढेकाले सुरक्षित रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न उनले सुझाव दिए । 

नेपाल पत्रकार महासंघको अनुरोधमा संचारकर्मीहरुको लागि कोरोना बीमा गर्नका लागि सहयोग गरेको उनले बताए । नेपाल पत्रकार महासंघसँग आवद्ध नभएका तर जिल्लामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई पनि बीमा कार्यक्रममा समेटेको पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले बताए । 

प्रति व्यक्ति ६०० का दरले बीमा शुल्क कुल ९१ हजार माधवनारायण नगरपालिकाले सहयोग गरेको उनले बताए । बीमित संचारकर्मी कोरोना संक्रमित भएको खण्डमा सगरमाथा इन्स्योरेन्स कम्पनीले रू. १ लाख प्रदान गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)