ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहटमा थप ३४ जनामा संक्रमण, संक्रमितको संख्या १ हजार ९४ पुग्यो 

२०७७ असार, ४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

असार ४, रौतहट । रौतहटमा बिहीवार ३४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार ९४ पुगेको छ । 

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार परोहा नगरपालिकाका १ जना, राजपुर नगरपालिकाका ७ जना, ईशनाथ नगरपालिकामा २४ जना र गौर नगरपालिकामा २ जना गरी ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । 

संक्रमण देखिएका सबै भारतबाट आएका हुन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको जानकारी दिइएको छ । सीमा क्षेत्रबाट उनीहरुलाई सम्बन्धित पालिकाले सोझै क्वारेन्टाइनमा लगेर राखेको थियो । 

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार २२७ महिला र ३ हजार ८४५ पुरुष गरी ४ हजार ७२ जना क्वारेन्टाइनमा बसेका छन् भने ६ हजार ९०४ जना फिर्ता भएका छन् । 

जिल्लामा क्वारेन्टाइनन बेडको संख्या भने १० हजार २४४ रहेको छ भने आईसोलेशन बेडको संख्या ४७० रहेको छ । आईसोलेशनमा ३६ महिला र ७४२ पुरुष छन् भने आईसोलेशनबाट ३१५ जना फिर्ता भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ ।

७ हजार ८८४ जनाको स्वाब संकलन गरिएकोमा ५ हजार ३४० को रिपोर्ट नेगेटिभ र १ हजार ९४ जनाको पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ । 

अझै १ हजार ४५० जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत किरणनिधि तिवारीले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)