ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना महामारी नियन्त्रण गर्न घोराहीको रू. ११ करोड ३६ लाख

२०७७ असार, १२  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङको घोराही उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि रू. ११ करोड ३६ लाख बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाको बुधवार सम्पन्न सातौं नगरसभाबाट उक्त बजेट विनियोजन गरेको हो । उपमहानगरपालिकाभित्र आइसोलेसन निर्माण, क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य प्रबन्धगायत कोरोनाबाट नगरवासीको जीवन बचाउने अभियानमा उक्त रकम खर्च गरिनेछ ।

यस्तै थप आइसोलेसन वार्ड निर्माण, क्वारेन्टिन व्यवस्थापन, प्रवद्र्धनात्मक कार्यक्रम एवं जनशक्ति व्यवस्थापन लगायत स्वास्थ्य क्षेत्रको समग्र विकास एवं गतिशीलतामा सहयोग पुग्ने गरी सशर्ततर्फ रू. ५ करोड २ लाख र निशर्ततर्फ रू. ६ करोड ३४ लाख विनियोजन गरेको उपमहानगरले बताएको छ । उपमहानगरपालिकाले बुधवार सम्पन्न नगरसभाबाट आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रू. १ अर्ब ८५ करोड २२ लाख ९३ हजार बजेट सार्वजनिक गरेको छ । उपमेयर सिता सिग्देल न्यौपानेले चालूतर्फ रू. १ अर्ब ८ करोड ५७ लाख २८ हजार र पूँजीगततर्फ रू. ७६ करोड ६५ लाख ७१ हजार बजेट विनियोजन गरेकी हुन् ।

कोरोना नियन्त्रणसँगै सडक तथा विभिन्न विकास निर्माण, कृषिको आधुनिकीकरण तथा व्यावसायिकीकरण, स्वास्थ्य, शिक्षा, पर्यटनलगायत क्षेत्रको समग्र विकास लागि कूल बजेटको ५८ दशमलव ६० प्रतिशत चालूतर्फ र ४१ दशमलव ४० प्रतिशत पूँजीगततर्फको बजेट विनियोजन गरिएको उनले बताइन् । विनियोजित बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट रू. २५ करोड, संघीय वित्तीय समानीकरण अनुदानबाट रू. ३२ करोड ७२ लाख र संघीय राजस्व बाँडफाँटबाट रू. २१ करोड १२ लाख १० हजार तथा संघीय सशर्त अनुदानबाट रू. ६४ करोड ७ लाख अनुमान गरेको छ ।

त्यसैगरी संघीय अनुदानबाट रू. ७२ लाख, प्रदेश समानीकरण अनुदानबाट रू. ७९ लाख ७२ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रू. २ करोड ७१ लाख १९ हजार, प्रदेश सशर्त अनुदानबाट रू. ७ करोड ६८ लाख ५० हजार र प्रदेश समपुरक अनुदानबाट रू. ३ करोड अनुमान गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)