ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहटका १० ओटा स्थानीय तहको मात्रै बजेट सार्वजनिक

२०७७ असार, १४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

रौतहट । आर्थिक वर्ष २०७७/७८ का लागि रौतहटका १८ ओटा स्थानीय तहमध्ये १० ओटाले मात्रै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिसक्नुपर्ने प्रावधान छ । त्यसअनुसार चन्द्रपुर, मौलापुर, बृन्दावन, गौर, माधवनारायण, राजपुर, गढीमाई र परोहा नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाँउपालिकाले मात्रै समयमै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू खर्चतर्फ रू. ६० करोड १५ लाख र पूँजीगत खर्चतर्फ रू. ५५ करोड ७१ लाख गरी कुल रू. १ अर्ब १५ करोड ८६ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । आन्तरिक आय करीब रू. १४ करोडका साथै संघ र प्रदेशबाट विभिन्न शीर्षकमार्फत प्राप्त हुने रकम, यूनिसेभ नेपाल र समृद्धि कार्यक्रम अन्र्तगत प्राप्त हुने आयलाई आधार मानेर नगरपालिकाले उक्त बजेट प्रस्तुत गरेको बताएको छ ।

यस्तै गौर नगरपालिकाले रू. ४४ करोड ३६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ भने मौलापुर नगरपालिकाले रू. ३५ करोड २८ लाख २३ हजारको बजेट सार्वजनिक गरेको छ । त्यसैगरी गढीमाई नगरपालिकाले रू. ५० करोड ७० लाख ७७ हजारकोे अनुमानित बजेट प्रस्तुत गरेको छ ।

गढीमाईका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवका अनुसार नगरपालिकाले वित्तीय समानीकरण तथा सशर्त अनुदान गरी केन्द्रबाट प्राप्त हुने वार्षिक बजेट रू. २९ करोड, आन्तरिक आय तथा प्रदेश सरकारबाट प्राप्त हुने रकमलाई समावेश गरेर उक्त बजेट प्रस्तुत गरेको हो ।

यस्तै, दुर्गा भगवती गाउ“पालिकाले सामाजिक सुरक्षा भत्ताबाहेक रू. ३२ करोड ५९ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । स्थानीय तहको नीति तथा कार्यक्रममा कृषि, सडक, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतलाई प्राथमिकतामा राखिएको छ ।

आन्तरिक विवादका कारण जिल्लाका राजदेवी, इशनाथ, बौधीमाई, देवाही गोनाही, कटहरिया, गरुडा, फतुवा विजयपुर र गुजारा नगरपालिकाले समयमै सभा आयोजना गर्न सकेनन् । जिल्ला समन्वय समितिका सभापति रामएकवाल रायले ताकिएको समयमा सभा गर्न नसकेका स्थानीय तहहरूले तयारी थालेकाले आगामी सातासम्ममा सभा सम्पन्न गरिसक्ने विश्वास व्यक्त गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)