ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङमा टिमुरका एक लाख विरुवा रोपिँदै

२०७७ असार, १५  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङमा यो वर्ष टिमुरका १ लाख ओटा विरुवा रोपिने भएको छ । जिल्लाको पहाडी भेगमा नागरिकको रोजगारी र आयआर्जनलाई दृष्टिगत गर्दै टिमुरका विरुवा रोप्ने कार्यक्रम अगाडि सारिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले बताए ।

‘यस वर्षलाई हामीले टिमुर वर्षकै रूपमा पनि मनाउँदैछौं’, उनले भने, ‘टिमुरलाई पहिलो प्राथमिकतामा राखेर १ लाख ओटा विरुवा रोप्ने हाम्रो लक्ष्य छ ।’ आइतवार मात्रै तुलसीपुर उपमहानगरपालिका–३ मा १ हजार ओटा टिमुरका विरुवा रोपिएका छन् । जिल्लाको पहाडी भेग बंगलाचुली गाँउपालिकाका विभिन्न क्षेत्र, घोराही उपमहानगरपालिकाको वडा १८ र १९, तुलसीपुर उपमहानगरपालिकाको वडा ३ र १९ लाई टिमुर र सुगन्धकोकिला (मालागेडी) को पकेट क्षेत्र तोकिएको छ ।

यी क्षेत्र टिमुर र मालागेडीका लागि उपयुक्त भएकाले व्यावसायिक रूपमा विरुवा रोपिने तयारी भएको कार्यालय प्रमुख ज्ञवालीले बताए । टिमुर व्यावसायिक रूपमा पनि राम्रो आम्दानीको आयस्रोत भएको र प्रतिकेजी रू. १ हजारका दरले विक्री गर्न सकिने भएकाले स्थानीयको आयआर्जनको राम्रो स्रोत बन्ने उनको विश्वास छ । त्यस्तै बबई नदी आसपासको बगर र दाङ उपत्यकाको दक्षिण पश्चिम भागलाई मेन्था, क्योमोमाइल, सर्पगन्धा, कुरीलो जस्ता जडिबुटीको उत्पादनका लागि पकेट क्षेत्र तोकिएको उनले बताए ।

यसैबीच आइतवार ‘राष्ट्रिय वृक्षरोपण दिवस २०७७’ को अवसरमा यस वर्षको वृक्षरोपण अभियान शुरू गरिएको छ । घोराही उपमहानगरपालिका–१८ नवलपुरबाट यो अभियान शुरूआत गरिएको हो । अभियानको शुरूआत घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले संयुक्त रूपमा गरे ।

यो अभियानअन्तर्गत यस वर्ष दाङका विभिन्न क्षेत्रमा विभिन्न प्रजातिका २ लाख ५० हजार बढी विरुवा रोपिने डिभिजन वन कार्यालय दाङले जानकारीदिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)