ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुम पूर्वमा प्रदेश सरकारको बजेट रू. ६३ करोड

२०७७ असार, १९  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पूर्वका लागि प्रदेश सरकारले रू. ६३ करोड बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत उक्त बजेट विनियोजन गरेको हो । आगामी आर्थिक वर्षमा स्वास्थ्य र कृषिको बजेट बढेको छ भने सडक निर्माणको घटाइएको छ ।

स्वास्थ्यतर्फ भौतिक निर्माण, स्तरोन्नति तथा सेवा विस्तारका लागि करीब रू. १४ करोड बजेट छुट्याइएको छ । जिल्ला अस्पताल भवन निर्माणका लागि सबैभन्दा धेरै रू. ११ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै अस्पतालहरूको स्तरोन्नतिका लागि रू. २ करोड ५० लाख, अस्पतालहरूमा फिजियो थेरापी सेवा शुरू गर्न रू. १० लाख, नाक, कान, घाँटी (ईएनटी) सेवा विस्तारका लागि रू. ३० लाख र प्रयोगशाला तथा फार्मेसीका लागि रू. ३० लाख बजेट छुट्याइएको छ ।

शिक्षातर्फ भूमेमा बहुप्राविधिक शिक्षालयको भवन निर्माण गर्न रू. १ करोड छुट्याइएको । यस्तै रुकुम पूर्वमा प्रदेश प्रहरी ईकाइ भवन स्थापना गर्न रू. २ करोड बजेट व्यवस्था गरिएको छ । सडक तथा पुल निर्माणतर्फ रू. ९ करोड बढी बजेट विनियोजन गरिएको छ भने सबैभन्दा धेरै रू. ३५ लाखका सडक योजना समावेश छन् । अघिल्लो वर्ष रू. १ करोड बढी पाएका योजनामा पनि यो वर्ष रू. ३५ लाख मात्रै बजेट छ भने गत वर्षका केही योजना छुटाइएका छन् ।

जिल्लaको बालुवा–डालिवाङ–सेरावाङ–काँडा–मोराबाङ–सीमा हुँदै खावाङसम्म पुग्ने, मुसीकोट कैलदेउ–भुरुङ, खावाङ–क्याङ्सी–झुम्लाबाङ–राङ्सी, चुनवाङ–सिमचौर–गर्पा–तीनबहिनी–ओर्दिम, नाइगाड–चारगाउँ–पेल्मा–ढोरपाटन, रुकुमकोट–खोपिचार–कुचिवाङ–दोमै, छिङ–भुरुङ–किटनी, काँडा–दादिङ, गुप्ती दह जोड्ने सडक, कोर्जा भलावट–भैंसेलोट्ने दवारे र पिपलपोखरा–प्वाङ–सिस्ने सडक योजनाले रू. ३५÷३५ लाख बजेट पाएका छन् ।

यस्तै तकसेरा–कोल–राङ्सी, गैरीगाउँ–डाँडागाउँ–तीनबहिनी ट्रेकिङ मार्ग, चुनवाङको च्याङचुङ–युद्ध संग्रहालय सडकले रू. ५०/५० लाख बजेट पाएका छन् । भौतिक पूर्वाधार सशर्त अनुदानतर्फ सानीभेरी सडक पुलमा रू. ५५ लाख, नामगाढ–अर्चल–मैकोट र  चुनवाङ–महत सडकका लागि रू. १०/१० लाख बजेट प्राप्त गरेका छन् । यस्तै लिफ्ट तथा प्लाष्टिक पोखरी निर्माणमा रू. १ करोड ३० लाख, लुकुमगाढ पुलका लागि रू. २ करोड, सल्लीबिसौनी झोलुंगे पुलका लागि रू. १ करोड छुट्याइएको छ ।

त्यसैगरी तिपाइ दोभान झोलुंगे पुलका लागि रू. ६२ लाख तथा काखोला झोलुंगे पुलका लागि रू. ६३ लाख बजेट व्यवस्था गरिएको छ भने सडक मर्मत र सुरक्षातर्फ रू. २ करोड ७ लाख बजेट प्राप्त भएको छ । सघन सिँचाइतर्फ महतमा रू. ५० लाख, मोराबाङमा रू. ६० लाख, छिपखोलामा रू. २७ लाख, खाराबाङमा रू. ३५ लाख तथा लाखरखोला, राङसी र सेराबाङमा रू. ४०÷४० लाख बजेट छुट्याइएको छ ।

सघन खानेपानीका लागि रू. १ करोड बढीका योजना समावेश गरिएको छ भने आधारभूत खानेपानीतर्फ रू. ९ करोड बराबरका योजना समावेश गरिएका छन् । शहरी पूर्वाधार विकासतर्फ रुकुमकोट र कोलमा फूटपाथ निर्माणका लागि रू. १ करोड, जल उत्पन्न प्रकोप व्यवस्थापनमा नाथीगाढ खोला, नरसिंहागाढ तकसेरा, मयाङखोला खोला, धाउनेबगर पहिरो नियन्त्रण, सीमा पहिरो नियन्त्रण, धर्मशाला खोला नियन्त्रण, जुगेपानी खोला नियन्त्रणका लागि समान रू. ३०÷३० लाख तथा आकस्मिक प्रकोप नियन्त्रणका लागि रू. ७५ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी वन्यजन्तु संरक्षणका लागि २२ ओटा योजनामा रू. करोड बढी बजेट छ भने वनपैदावर जडीबुटी प्रबर्धनमा रू. ३० लाख र औद्योगिक विकासका तालीम तथा प्रशोधनमा रू. ७४ लाख छुट्याइएको छ ।

पर्यटनतर्फ कमलदह देउराली ओडार पदमार्गमा रू. ५५ लाख, ढोरपाटन शिकार आरक्ष प्रवेशद्वारका लागि रू. २५ लाख, तकसेरा पर्यटन विकासमा रू. ५० लाख तथा गुरिल्लारयार्सा ट्रेलमा रू. २५ लाख बजेट व्यवस्था गरिएको छ । त्यसैगरी सहकारीमार्फत जडीबुटी उत्पादन, फलपूmलका बिरुवा उत्पादन, हरितपार्क निर्माण आदिमा रू. ६१ लाख बजेट छुट्याइएको छ ।

रुकुमपूर्वमा कृषि उत्पादन वृद्धि गर्न रू. १० करोड २६ लाख, तरकारी बाली उत्पादनमा रू. ७७ लाख, कषि स्मार्ट गाउँको क्रमागतमा रू. १ करोड, भेडाबाख्रा मिसनमा रू. १ करोड, मध्यपहाडी लोकमार्गलक्षित मासु उत्पादनमा रू. ५० लाख र फलफूलका बिरुवा उत्पादनमा रू. ४० लाख बजेट छ ।
त्यस्तै अग्र्यानिक आलु प्रवद्र्धनमा रू. ५० लाख, अग्र्यानिक कागती, सुन्तला र स्याउ प्रवद्र्धनमा रू. १ करोड, गोठ सुधारमा रू. १ करोड ८० लाख, सडक आसपासमा अग्र्यानिक तरकारी उत्पादनमा रू. ५० लाख, ब्लक विकासमा रू. ६९ लाख, अग्र्यानिक मल उत्पादनमा रू. ७० लाख र अग्र्यानिक मकै उत्पादनमा रू. २५ लाख बजेट छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)