ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऐतिहासिक दंगीशरण दरबारको डीपीआर तयार पारिँदै

प्रदेश सरकारको ३० लाख बजेट

२०७७ सावन, २७  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

साउन २७, दाङ । दाङको ऐतिहासिक क्षेत्र सुकौराकोटस्थित दंगीशरण दरबारको पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौराकोटमा रहेको उक्त दरबारको डीपीआर प्रदेश सरकारको सहयोगमा तयार पार्न लागिएको हो ।

प्रदेश सरकारको करीब ३० लाख रुपैयाँ लगानीमा डीपीआरको काम शुरू हुने थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी बताए । ‘स्थानीय सरकारको सहयोगमा दंगीशरण राजाको दरबारको डीपीआर प्रतिवेदन बनाउने सहमत भएको छ,’ उनले भने, ‘यो काम तत्काल शुरू हुन्छ ।’

अबको केही महीनामा त्यस क्षेत्रको विकासका लागि डीपीआर तयार गर्ने, दरबारको उत्खनन एवं अनुन्धानका लागि पुरातŒव विभागका टोलीलाई बोलाउने तयारी भइरहेकोे थारू नेता एवं प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले बताए । दरबारको संरक्षणका लागि प्रदेश सरकारबाट तत्कालका लागि रू. ३० लाख बजेट विनियोजन भएको र बृहत् विकासका लागि झण्डै ५ करोडभन्दा बढी रकम आवश्यक पर्ने उनले जानकारी उनले दिए । 

करीब साढे २ हेक्टर क्षेत्रफल ओगेटेको दंगीशरण दरबारको डीपीआर थारू कल्याणकारिणी सभा दाङको नेतृत्वमा तयार पार्ने सहमति भएसँगै यस क्षेत्रको संरक्षण एवं पर्यटन प्रवद्र्धनको काम अघि बढ्ने भएको छ । दंगीशरणको दरबारभित्र ‘बर्ड गार्डेन’ पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारकै सहयोगमा निर्माण भइरहेको उक्त पार्कमा राजा दंशीरशणको शालिक स्थापना गरिनेछ । 

सुकौराकोटमा थारू राजा दंगीशरणले राज्य चलाएको इतिहास पाइन्छ । त्यस क्षेत्रमा पुरातŒव विभागले ३ पटकसम्म उत्खनन गरिसकेको छ । उत्खननको क्रममा थारू राजा दंगीशरणले प्रयोग गर्ने गरेका केही पुराना सिक्का, थारू समुदायका पुर्खाले प्रयोग गर्दै आएका विभिन्न प्रकारका माटाका भाँडाकुँडा, गुन्द्री, ढकिया, भौका, थारू महिलाले घाँटीमा लगाउने मोतीका दाना, हातमा लगाउने लखौटीका चुरा, माटोबाट बनेका देउताका मूर्ति, शिकार खेल्ने धनुष र चार प्रकारका इँटा लगायत भेटिएको थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिएका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)