ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पीसीआर ल्याब आर्थिक संकटमा

२०७७ भदौ, ४  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल

रुकुम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ स्थित जिल्ला आर्युर्वेदिक कार्यालयमा स्थापना गरिएको पीसीआर ल्याब आर्थिक संकटमा परेको छ । आर्थिक समस्याका कारण ल्याबमा किट अभाव भएपछि संकलन गरिएका स्वाब सुर्खेत पठाउन थालिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै सदरमुकाम खलंगामा एक सातादेखि निषेधाज्ञा जारी गरिएको छ । तर, संकलन गरिएका नमूना परीक्षणमा समस्या भएपछि मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका स्वाब सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको हो ।

चौरजहारी नगरपालिकाले रू. १ करोड ५८ लाख लागतमा गत असार अन्तिम सातादेखि पीसीआर मेशिन सञ्चालनमा ल्याएको थियो । पीसीआर मेशिन खरीद तथा ल्याब सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले रू. ८६ लाख २२ हजार अनुदान दिएको थियो भने बाँकी रू. ७१ लाख ६० हजार नगरपालिकाले लगानी गरेको छ ।

मेशिन सञ्चालनमा आएदेखि अहिलेसम्म बजेटले धाने पनि अब आर्थिक समस्या शुरू भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । संघ र प्रदेश सरकारले सहयोग नगरेपछि जिल्लाभित्रै आर्थिक स्रोत जुटाउने निर्णय भएको थियो । केसीका उनुसार सो निर्णय कार्यान्वयन नहुँदा ल्याब सञ्चालनमा समस्या देखिएको हो ।
चौरजहारीमा जडान गरिएको मेशिनले अहिलेसम्म जिल्लाका ६ स्थानीय तहसहित सल्यान र जाजरकोटका करीब २ हजार ३०० जनाको स्वाब परीक्षण गरेको छ । दैनिक रू. ३ लाख खर्च भइरहेकाले ल्याब आर्थिक समस्यामा परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ । यही अवस्था जारी रहे चौरजहारीबाहेक अन्यत्रको स्वाब परीक्षणमा मुश्किल हुने केसीले बताए ।

जिल्ला विपद व्यवस्थापन समितिले पीसीआर मेशिन स्थापना गर्ने निर्णय गरेको थियो । उक्त ल्याबमा अरु स्थानीय तहले ल्याब टेक्निसियन तथा असिस्टेन्ट पठाउने भने पनि कसैले पठाएनन् । अहिले सानीभेरी र आठबीसकोट नगरपालिकाले पठाएका प्राविधिकले मात्रै ल्याबमा काम गरिरहेको प्रयोगशालाले जानकारी दिएको छ । मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले पठाएका प्राविधिक फिर्ता भइसकेका छन् ।

चौरजहारीमा किट सकिएपछि २ ओटा स्थानीय तहको स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले बताए ।

उनका अनुसार चौरजहारीमा किट अभाव हुन नदिन प्रदेश र केन्द्र सरकारसँग अनुरोध गरिएको छ । प्रयोगशालाको आर्थिक समस्या समाधानका लागि पहल भइरहेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)