ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मध्यपहाडी लोकमार्गको रुकुम खण्डमा १० ओटा पक्की पुल निर्माण

२०७७ भदौ, १८  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । मध्यपहाडी लोकमार्गको रुकुम खण्डमा १० ओटा पक्की पुल निर्माण भएका छन् । लोकमार्ग अन्तर्गतको जहारीखोलामा पुल निर्माणको काम सकिएसँगै १२३ किलोमिटर सडक खण्डको सबै ठाउँमा पुल बनेका हुन् ।

जिल्लामा २०६६ सालदेखि लोकमार्ग निर्माणको काम थालिएको थियो । लोकमार्गको निर्माण कार्य थाल्दा रुकुम एउटै जिल्ला थियो । अहिले रुकुमपश्चिम र रुकुमपूर्व गरी २ जिल्लामा विभाजन भएको छ ।

१२३ किलोमिटर खण्डको दुबै जिल्लामा १० ओटा सडक पुल बनाउने गरी आयोजनाको डिजाइन गरिएको थियो । रुकुम पूर्वमा २ ओटा र रुकुम पश्चिममा ८ ओटा पुल निर्माण भएको मध्यपहाडी लोकमार्ग सडक आयोजना, दैलेखले बताएको छ ।

कार्यालयका सूचना अधिकारी तुलाराम शर्माले पछिल्लो पटक चौरजहारी नगरपालिकाको जहारीखोलामा पुल निर्माणको काम सकिएको बताए । २०६९ सालमा सम्झौता भएको उक्त पुल ८ वर्षपछि सम्पन्न भएको हो । रू. १ करोड ९२ लाखमा उक्त पुल निर्माण भएको इन्जिनीयर शर्माले बताए । उनका अनुसार चौरजहारीबाट जाजरकोट जोड्ने भेरी नदीमाथिको पुल भने निर्माण हुन बाँकी छ । ‘रुकुम पूर्व र पश्चिमका कुनै पनि ठाउँमा जान अब खोलाले सवारी रोक्ने छैन’, शर्माले भने, ‘ढिलै भए पनि सबै सडक पुल निर्माण सम्पन्न भएका छन् ।’ ठेकेदारको लापर्बाही र अरु प्राविधिक कारणले पनि पुल निर्माणमा ढिलाइ भएको उनले जानकारी दिएका छन् ।

रुकुम पश्चिमबाट जाजरकोट जोड्ने पुल भने अझै अलपत्र छ । ठेकेदारको लापर्बाहीका कारण पुल निर्माणले गति लिन नसकेको हो । आगामी फागुनसम्म उक्त पुल निर्माण गर्ने गरी म्याद थप गरिएको आयोजनाले जानकारी दिएको छ ।

रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सीमानास्थित रेलीखोलामा पुल बनेपछि यात्रा सहज बनेको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए । उनका अनुसार प्रत्येक वर्षाको समयमा रेलीखोलाले सवारीसाधनको आवतजावत रोक्थ्यो । जहारीखोलामा पुल बनेसँगै चौरजहारी र जिल्ला सदरमुकामको सम्पर्क स्थापित भएको छ ।

हरेक वर्षामा जहारीखोलाको कारण यो क्षेत्रको सम्पर्कबिच्छेदहुन्थ्यो । पुल बनेपछि यात्रुले वर्षौंदेखिको सास्तीबाट मुक्ति पाएको स्थानीयले बताएका छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)