ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चौरजहारी नगरपालिकाका १३ ओटा मेडिकल सिल

२०७७ भदौ, २१  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सञ्चालित १३ ओटा मेडिकल सिल गरिएको छ । नगरपालिकामा सञ्चालित १६ ओटामध्ये १३ ओटा मेडिकल बन्द गरिएको हो । अनुगमनको क्रममा कैफियत भेटिएपछि मेडिकल सिल गरेको चौरजहारी नगरपालिकाले बताएको छ ।

चौरजहारी–११ को लाइफ मेडिको फर्मा, ७ नम्बर वडाका ध्रुब पोलिक्लिनिक, ममता मेडिकल, वडा नम्बर २ को त्रिवेणी मेडिकल र १२ नम्बर वडाको जीवन रक्षा मेडिकल सिल गरिएको छ । यस्तै ७ नम्बर वडाको संगम मेडिकल, ९ नम्बरको समीक्षा मेडिकल र ११ नम्बर वडाको देवीका मेडिकल सिल गरिएको नगरपालिकाले बताएको छ । नगरपालिकाका अनुसार ४ ओटा मेडिकल नाम नै नराखी सञ्चालनमा थिए ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मादण्डसम्बन्धी निर्देशिका पालना नगरिएकाले मेडिकल बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । उनका अनुसार नगरपालिकामा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीले सञ्चालन गरेका मेडिकल पनि बन्द गरिएको छ ।

नगरपालिकाले ३ दिन लगाएर मेडिकल अनुगमन गरेको थियो । तोकिएको मापदण्ड पूरा गरेपछि सिल खोलेर मेडिकल सञ्चालनको अनुमति दिइने नगर उपप्रमुख राधा रोकाले जानकारी दिएकी छिन् ।

उनका अनुसार ६, १०, ११, १२, १३ र १४ नम्बर वडालाई पायक पर्ने गरी ५ शय्याको अस्पताल सञ्चालन गर्ने तयारी पनि थालिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)