ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झोलुंगे पुलको काम अलपत्र

२०७७ असोज, २५  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पश्चिममा झोलुंगे पुलको निर्माण अलपत्र परेको छ । जिल्लाको सदरमुकाम मुसिकोट खलंगा बजार र सल्ले जोड्ने गरी निर्माण थालिएको झोलुंगे पुलको काम अघि बढ्न नसकेको हो ।

वराहटाकुराको टुँडिखेलबाट सल्ले विमानस्थलसम्म जोड्ने २५१ मिटर लामो झोलुंगे पुलको काम अलपत्र रहेको स्थानीयले बताएका छन् । स्थानीय राजु केसीले भने, ‘निर्माण सम्पन्न गर्ने बेलासम्ममा आधा काम पनि भएको छैन ।’

दश महीना अघि शुरू गरिएको झोलुंगे पुलका दुईओटा ब्लक मात्र निर्माण गरेर बाँकी काम अलपत्र अवस्थामा छाडिएको मुसीकोट नगरपालिका–१ का वडाध्यक्ष वीरबल केसीले बताए । उनले भने, ‘निर्माण कम्पनीलाई काम अघि बढाउन ताकेता गरे पनि बेवास्ता गर्दै आएको छ ।’ झोलुंगे पुल निर्माणको जिम्मा लिएको कम्पनीले भने कडा चट्टानका कारण पुल निर्माण अघि बढाउन नसकिएको बताएको छ ।

पर्यटकीय महत्त्वलाई समेत ध्यानमा राख्दै निर्माण थालिएको पुलका लागि सस्पेन्सन ब्रिज डिभिजन पुलचोकले रू. १ करोड ३० लाख विनियोजन गरेको थियो । तर कडा चट्टानको समस्या देखाउँदै उक्त लागतमा दईओटा ब्लक मात्र निर्माण गरेर बाँकी काम बन्द गरिएको निर्माण कम्पनीले बताएको छ ।

चालू आर्थिक वर्षको माघदेखि सञ्चालन गर्ने भनिएको पुलको काम अलपत्र बन्दा हाल सदरमुकावासी चिन्तित छन् । झोलुंगे पुल सञ्चालनमा आउन सके खलंगादेखि सल्लेसम्मको आवतजावत सहज हुने स्थानीयको भनाइ छ । साथै पर्यटन प्रवद्र्धनका साथै मुसीकोटको व्यापार व्यवसायमा समेत टेवा पुग्ने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)