ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उखुको भुक्तानी माग्दै संसदीय समितिमा ज्ञापन

२०७७ असोज, २६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

रौतहट । उखु किसानले श्रीराम सुगर मिल गरुडाबाट भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् ।

उखु मिलले किसानलाई दिनुपर्ने रकम भुक्तानी नगरेपछि उनीहरूले पहल गरिदिन आग्रह गर्दै प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाएका हुन् ।

०७७ साउन ११ गते सूचना प्रकाशन श्रीराम सुगर मिल्स सदाका लागि बन्द गरिएको जनाएपछि उखु किसानले भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् ।

उखु उत्पादक संघ रौतहटका सचिव सफिन्द्रप्रसाद यादवले समिति सभापति विमलप्रसाद श्रीवास्तवलाई ज्ञापनपत्र बुझाउँदै उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दसैंअघि नै उपलब्ध हुने व्यवस्था मिलाइदिन माग गरे ।

पटक–पटक उखुको भुक्तानी माग गर्दै आए पनि उद्योगले दिन नसकिने बताएपछि आफूहरू मारमा परेको सचिव यादवले गुनासो गरे । बन्द भएको उद्योगलाई पुनः  सुरु गर्ने वातावरण मिलाइदिनसमेत उनले समितिसमक्ष माग गरे । आर्थिक वर्ष ०७१/७२ को १२ करोड, आव ०७५/७६ को २८ करोड ५० लाख र आव ०७६/७७ को ५० लाख  गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक संघ रौतहटले जनाएको छ ।

मिल नखुल्दा रौतहटमा करिब १८ हजार किसानको आयस्रोत बन्द हुने अवस्थामा रहेको संघको ठहर छ । चिनी मिल सञ्चालकले मिलको जमिन बिक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ दिएपछि अन्योलमा परेको कृषकहरू बताउँछन् छ । त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चय कोषको सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)