ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चन्द्रपुरमा करदाता सेवा कार्यालय स्थापना

२०७७ कार्तिक, ६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिपेश पौडेल

रौतहट । रौतहटको चन्द्रपुरमा करदाता सेवा कार्यालय स्थापना गरिएको छ । नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग अन्तर्गत सोमवार चन्द्रपुरमा उक्त कार्यालय स्थापना भएको हो ।

सरकारले करको दायरा विस्तार गर्ने क्रममा चालू आर्थिक वर्ष २०७७/७८ देखि सञ्चालनमा आउनेगरी २४ ओटा करदाता सेवा कार्यालय थप्ने निर्णय गरेको थियो । सोहीअनुसार चन्द्रपुरमा सञ्चालन गरिएको कार्यालयबाट कर सम्बन्धी सेवा प्रवाह, बजार अनुगमन, व्यवसाय करमा दर्ता, कर संकलन, कर सम्बन्धी शिक्षा, व्यवसाय दर्ता खारेजी लगायत सेवा प्रवाह गरिनेछ ।

कर सम्बन्धी सेवा चुस्त र सहज बनाउने उद्देश्यले चन्द्रपुरमा करदाता सेवा कार्यालय खोलिएको हो । यससँगै आयव्यय विवरण, कर दाखिला, प्यान दर्ता, नवीकरण, खारेजी लगायत सेवाका लागि गौर जानुपर्ने बाध्यता हटेको छ । चन्द्रपुरमा करदाता सेवा कार्यालयको स्थापनाले व्यवसायीलाई सहज हुने चन्द्रपुर नगर उद्योग वाणिज्य संघले बताएको छ । लामो समयसम्म कर नतिरी निष्क्रिय रहेका उद्योगी व्यवसायी समेत करको दायरामा आउने अपेक्षा गरिएको छ । करदाता सेवा कार्यालय स्थापना भएसँगै राजस्व समेत बढ्ने अनुमान कार्यालयले गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)