ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तुलसीपुर उपमहानगरको‘स्मार्ट छोरी’ योजना

२०७७ कार्तिक, २०  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले ‘स्मार्ट छोरी’ योजना अघि सारेको छ । सो योजनामार्फत उपमहानगरपालिकाले नगरवासीका घरमा छोरी जन्मिएदेखि हरेक महीना रू. १०० बैंक खातामा जम्मा गरिदिने भएको छ ।

कार्यपालिकाको हालै बसेको ९५आंै बैठकले नारीहरूको आर्थिक र सामाजिक सशक्तीकरणका लागि ‘स्मार्ट छोरी : बिहेवारी २० वर्षपारि’ कार्यविधि पारित गरेसँगै यो योजना लागू हुने भएको हो । कार्यक्रम सञ्चालनका लागि उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा बजेट समेत विनियोजन गरिसकेको छ ।

कार्यविधि अनुसार २०७७ साउन १ गतेपछि उपमहानगरपालिकाभित्र जन्मिएका छोरीको बैंक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिएकी छन् । कार्यक्रममा समावेश हुन अभिभावकले छोरी जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्नेछ । ‘घटना दर्ता अनिवार्य गर्नुपर्नेमा कतिपय अभिभावकले विनाकारण ढिला गर्ने गरेको पाइन्छ,’ शर्माले भनिन्, ‘यो योजनाले नगरका छोरीहरूको आर्थिक सशक्तीकरण हुनुका साथै उनीहरूलाई शिक्षा हासिल गर्न र समाजमा स्थापित हुन सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’ उक्त कार्यविधिमा छोरी जन्मेको पहिलो महीना १ हजार २०० रुपैयाँ र त्यसपछि हरेक महिना १०० का दरले खातामा रकम जम्मा हुनेछ । उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । बालिका २० वर्ष पुगेपछि एकमुष्ट रूपमा रकम निकाल्न सकिने प्रावधान छ । त्यसका लागि २० वर्ष नपुग्दासम्म बिहे नगरेको र अनिवार्य रूपमा माध्यमिक तहसम्म अध्ययन गरेको हुनुपर्नेछ । बीचमै विवाह गरेमा या माध्यमिक तहसम्म पढेको नभएमा सो रकम सरकारी खातामा फिर्ता हुने उल्लेख छ । तत्काललाई मासिक १०० रुपैयाँ जम्मा गरिने भए पनि आवश्यकता अनुसार कार्यविधि परिवर्तन गरेर रकम बढाइने समेत उपमहानगरपालिकाले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)