ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीका १० जिल्लाबाट अख्तियारमा ७२० उजुरी

२०७७ कार्तिक, २३  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल

रुकुम । कर्णाली प्रदेशका १० जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ७२० उजुरी परेका छन् । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा आयोगको सुर्खेत कार्यालयमा उक्त संख्यामा उजुरी दर्ता भएका हुन् । यसमध्ये ९१ ओटा फछ्र्योट गरिएको छ भने ६२९ उजुरी छानबिनको क्रममा रहेको कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । गत आर्थिक वर्ष २०७६÷७७ मा आयोगमा कर्णालीका १० जिल्लाबाट ४६७ उजुरी परेका थिए ।

आयोगमा सबैभन्दा बढी उजुरी सुर्खेतबाट छन् । कार्यालयका अनुसार सुर्खेतबाट मात्र १४५ उजुरी परेका छन्, जसमध्ये २५ फछ्र्योट भएका छन् भने बाँकी १२५ छानबिनको क्रममा रहेको बताइएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये कम उजुरी रुकुम पश्चिममा छन् । रुकुम पश्चिमबाट हालसम्म ३७ ओटा उजुरी अख्तियारमा दर्ता भएका छन् । त्यस्तै डोल्पाबाट ३८,  सल्यानबाट ३९, मुगुबाट ४२,  हुम्लाबाट ५९, जुम्लाबाट ५५ उजुरी अख्तियारमा परेका छन् । यसैगरी जाजरकोटका ८२, कालिकोटका ९२,  दैलेखका १३१ र सुर्खेतका १४५ रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको तथ्यांक छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबैभन्दा बढी स्थानीय तहका उजुरी अख्तियारमा परेका छन् । गत आर्थिक वर्षमा स्थानीय तह संघीय मामिला अन्तर्गत २९२ उजुरी परेका थिए भने संघीय मन्त्रालय अन्तर्गतका १६८ र प्रदेश सरकार अन्तर्गतका मन्त्रालयका १६६ उजुरी अख्तियारमा परेका छन् ।

पछिल्लो समय अख्तियारमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको तथ्यांक अनुसार सबैभन्दा बढी उजुरी वैशाख जेठ, असार र साउनमा पर्ने गरेका छन् । विशेषगरी आर्थिक वर्षको अन्त्यतिर विकास  बजेट खर्च गर्ने र गुणस्तरहीन काम हुने भएकाले बढी उजुरी पर्ने गरेका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)