ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङमा साढे एक करोड लगानीमा खुल्यो सहकारी बजार

२०७७ मंसिर, ३  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar उदय बीसी

दाङ । दाङमा १ करोडभन्दा बढीको लगानीमा जिल्लामै पहिलो सहकारी बजार बजार सञ्चालनमा आएको छ । घोराही उपमहानगर वडा– १५ को तुलसीपुर नजिकै सहकारी बजार सञ्चालनमा आएको हो ।

किसानले उत्पादन गरेका वस्तुले बजार नपाएर खेर गइरहेकाले कृषि तथा अर्गानिक उत्पादन उपभोक्तालाई सस्तोमा उपलब्ध गराउने उद्देश्यले सहकारी बजार सञ्चालनमा ल्याइएको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिए ।

सहकारी बजार परियोजनामा सामान खरिदतर्फ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्विनी प्रदेशको ४९ लाख ४९ हजार ९ सय ४८ रुपैयाँ अनुदान र संस्थाको  ५३ लाख ६० हजार ८ सय २८ गरी  १ करोड ३ लाख १२ हजार ७ सय ७६ रुपैयाँ लगानीमा सहकारी बजार सञ्चालन भएको हो ।

‘यस क्षेत्रका किसानले उत्पादन गरेका वस्तु महँगोमा खरिद गर्ने र उपभोक्तालाई बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने उद्देश्यले सहकारी बजार सञ्चालनमा ल्याएका हौं’, अध्यक्ष पौडेलले भने ।

कृषि उत्पादनमा बिचौलिया हाबी भएका कारण किसानले आफूले उत्पादन गरेको वस्तुको उचित मूल्य नपाएको अवस्था हटाउन बजारले सहयोग पुग्ने उनले दाबी गरे ।

सहकारी बजारबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बजार सञ्चालनपछि किसानले उत्पादन गरेका कृषि उपजले को बजारभाउ पाउने संस्थाले बताएको छ । सहकारी बजार सञ्चालनमा आएपछि बिक्री नहुँदा खेतबारीमै कुहिएर खेर गइरहेका कृषि वस्तुले बजार पाउने र उपभोक्ताले अर्गानिक वस्तु उपभोग गर्न पाउने सहकारी बजार व्यवस्थापन प्रमुख माधव खनालले दाबी गरे ।

‘बजारलाई दिगो बनाउन संस्थाले आफ्ना शेयर सदस्यहरूलाई उत्पादनतर्फ प्रेरित गरी उत्पादित वस्तु बजार पुर्‍याएर उपभोक्तालाई सहज बनाएको छ’, खनालले भने ।
संस्थाका शेयर सदस्यहरूलाई उत्पादनमा केन्द्रित गर्न सस्तोमा ऋण लगानीसमेत गर्न थालिएको छ ।

सहकारी बजारमा विभिन्न महिला समूह, कृषक समूह, सहकारी संस्था, उद्यमी समूहबाट उत्पादित वस्तु खरिद गरी उपभोक्तालाई वितरण गरिनेछ ।

घोराहीको मुख्य स्थल तुलसीपुर चोकमा रहेको बजारमा दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न, अर्गानिक तरकारी तथा फलफूल, दूध तथा दुग्धजन्य वस्तु उपभोक्ताले खरिद गर्न सक्नेछन् ।

सहकारी बजारले अनलाइन खरिद, होम डेलिभरी र डिजिटल भुक्तानी माध्यमबाट कारोबारको व्यवस्था मिलाएको सहकारी बजार परियोजनाका प्रमुख कमल थपलियाले जानकारी दिए ।

सहकारी बजारको लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले आउँदो शनिबार उद्घाटन गर्ने कार्यक्रम छ । मन्त्रालयले सहकारी बजार सञ्चालनका लागि स्थिर सम्पत्ति खरिदमा पूरक अनुदान सहयोग गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)